नागरिक पोष्ट News


१० लाखमा जग्गा पाइने उपत्यकाका ठाउँहरु कहाँ कहाँ, एकपटक पढौ

11.9K

राजधानी काठमाडौं लगायत अन्य शहरी क्षेत्रमा जग्गाको भाउ आकाशिएको हो । तर, काठमाडौंमा केही ठाउँमा भने सस्तोमा जग्गा पाइन्छ । त्यसका लागि जग्गा दलालसँग नभएर आफै जाँदा फाइदा हुन्छ । सुन्दरीजल, साँखु, झोर महाकाल, गोलढुंगा, काभ्रेस्थली, रामकोट, थानकोट, मातातीर्थ, मच्छेगाउँ र चाल्नाखेलमा प्रति आना १० लाख रुपैयाँ सम्मका जग्गा पाइन्छ । मुख्य राजमार्गबाट २ किलोमिटरभित्र २० फिटे बाटोमा यी ठाउँमा प्रति आना १० लाख रुपैयाँ सम्मका जग्गा किन्न सकिन्छ।

यीमध्ये सुन्दरीजल, साँखु र गोलढुंगा क्षेत्रमा ९ लाख रुपैयाँ प्रतिआना सम्मका घडेरी पाइने जग्गा व्यावसायी बताउँछन् ।

त्यसैगरी ललितपुरमा खोकना, बुङमति, चापागाउँ, गोदावरी, हरिसिद्धी र लामाबगरमा प्रति आना १० लाख रुपैयाँसम्मका घडेरी किन्न सकिने व्यवसायीले बताएका छन्। २० फिटे बाटो कायम भएका यी ठाउँमा पनि दक्षिण दिशातर्फ परसम्म जाँदा ८–९ लाख रुपैयाँ प्रति आनासम्म घडेरी पाइन्छ ।

त्यसैगरी भक्तपुरको दुवाकोट, दधिकोट, ताथली, सुडाल, चाँगुनारायण, सिपाडोल, जगाती र सानोठिमी क्षेत्रमा पनि प्रति आना १० लाख रुपैयाँ सम्ममा जग्गा पाउने स्थानीय व्यवसायी रामकृष्ण पाठकले बताए । तर यीनै ठाउँमा ३–४ वर्ष अघिसम्म भने प्रति आना ४ देखि ५ लाख रुपैयाँसम्मा पाइन्थ्यो । यी ठाउँमा लगातार कारोबार बढ्न थालेपछि जग्गाको मूल्य पनि दिन प्रतिदिन बढेको हो ।

मालपोत कार्यालयको तथ्यांकले पनि यी ठाउँमा एउटै जग्गा धेरैपटक किनबेच भएको देखाउँछ। जसले गर्दा यी ठाउँमा जग्गाको मूल्य ३ वर्षमै तेब्बर सम्मले बढेको हो ।

त्यसैगरि मुलपानी, कपन, धापासी, मनमैजु, सितापाइला, सतुङ्गल, कीर्तिपुर, चोभार, भैसेपाटी, ठैब, टिकाथली, बालकोट, लोकन्थली, सल्लाघारी र ठिमीमा प्रतिआना १५ लाख रुपैयाँ घटि जग्गा पाउन नसकिने व्यावसायीहरुले बताएका छन्।

यी ठाउँमा ३–४ वर्ष अघिसम्म भने ८ देखि १० लाख रुपैयाँमै जग्गा किन्न सकिन्थ्यो। काठ क्षेत्रको तुलनमा भने यी ठाउँमा जग्गाको मूल्यवृद्धि कम देखिन्छ।

चक्रपथको वरिपरि अहिले पनि प्रति आना २० देखि २५ लाख रुपैयाँसम्ममा जग्गा किन्न सकिन्छ। बाटोको उपलब्धता र राजमार्गको अवस्था हेरी चक्रपथबाट १–२ किलोमिटरमा २० देखि २५ लाख रुपैयाँसम्मका घडेरी किन्न सकिन्छ। तर मुख्य राजमार्गसँग जोडिएका जग्गाको भने काठ क्षेत्रमै पनि २०–२५ लाख रुपैयाँ मूल्य पर्न थालिसकेको छ ।

काठमाडौ प्रवेश गर्ने समुहको पहिलो रोजाइ काँठ क्षेत्र हुने भएकाले काठ क्षेत्रमा संख्यात्मक रुपमा धेरै घरजग्गा किनबेच हुन्छन्। त्यसकै कारण यहाँको मूल्य ३ वर्षमै तीन गुणा सम्मले बढिसकेको छ।

- From : Social Media/Online Sites

Must View