नागरिक पोष्ट News


सेयर बजारमा उछाल : नेप्से २००० बिन्दुमा पुग्ने, १३ कम्पनीका लगानीकर्ता बने मालामाल

2.9K

 सेयर बजार उकालो लाग्ने क्रमले निरन्तरता पाएको छ । मंगलबारको बजारमा पनि नेप्से परिसूचक ४३.०२ अंकले उकालो लागेर १५४५.१९ अंकमा पुगेको छ । 

बजारमा कारोबारमा आएका सबैसमूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ६७३ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा ३०७, उत्पादनमूलक ११८ अंकले उकालो लागेका छन् । म्युचअल फण्ड समूह बाहेक बाँकी समूह दोहोरो अंकले बढेका छन् ।

मंगलबार १३ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । जसमध्ये पनि गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिष्टिलरी र स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ ।

त्यस्तै, यूनिलिभर नेपालको ९.९९, शिखर इन्स्योरेन्सको ९.९८, लाइफ इन्स्योरेन्स कम्पनी नेपालको ९.९३, नेशनल हाइड्रो पावर कम्पनीको ९.८४, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको ९.७१, अपी पावर र राधी विद्युत कम्पनीको सेयर मूल्य ९.६३ प्रतिशतले उकालो लागेको छ ।

 नेप्से २००० बिन्दुमा पुग्ने

नेप्से चाँडै २००० को विन्दूमा पुग्ने विश्लेषकहरुले बताइरहेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमन, घट्दै गएको बैंक ब्याजदर, मौद्रिक नीतिको मध्यावधि समीक्षाबाट बजारका लागि सरप्राइज प्याकेज आउने विश्वास, तरलताको सहज अवस्था, बजार सुधारका लागि धितोपत्र बोर्डले गरेको प्रयास, नेप्सेको अनलाइन प्रणालीप्रति बढ्दो सहभागिता लगायतका कारण बजार दिनप्रतिदिन नयाँ कीर्तिमान कायम गर्दै अगाडि बढेको हो । 

बजारको तीव्र बढोत्तरी र कारोबार रकमको साथले बढोत्तरीको यो यात्रा अझै माथिसम्म पुग्ने देखिने विश्लेषकहरु दाबी गर्छन् । 

बजारको फ्रन्ट लाइन रेगुलेटर नेप्सेका जिम्मेवार अधिकारीहरुले विभिन्न औपचारिक र अनौपचारिक फोरमहरुमा नेप्से चाँडै २००० को विन्दूमा पुग्छ भन्ने विश्लेषण गरिरहेका स्रोतहरु बताउँछन् ।

Must View