नागरिक पोष्ट News


नायिका महिमा सिलवालको शोक सभा गरिने भएको छ

2.8K

काठमाडौं । दुर्घटनामा परी मृत्यु भएकी नायिका महिमा सिलवालको शोक सभा गरिने भएको छ । अभिनेत्री महिमा सिल्वाल र शर्मिला सिल्वालको शोक सभा  फाल्गुन ११ गते शैली थिएटर, रातोपुलमा गरिने भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।माघ २९ गते  बसले महिला सवार स्कुटरलाई ठक्कर दिँदा उनीसहित उनकी बहिनी शर्मिलाको पनि मृत्यु भएको थियो ।काठमाडौंबाट चितवन जाने क्रममा बुधवार साँझ ५ बजेर ४५ मिनेटमा धादिङको गजुरीमा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

बहिनी शर्मिलाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।  ‘कारवाही’ चलचित्रबाट डेब्यु गरेकी चितवनको भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले एक दर्जनभन्दा बढी फिल्म र दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।

‘कारवाही’ फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘जिगोलो’, ‘अप्रिल फूल’, ‘दानव’ लगायतका फिल्ममा अभिनय गरेकी छन् ।

Must View