नागरिक पोष्ट News


खतिवडा भने हट्ने : बामदेव गौतम अर्थसहित शक्तिशाली उपप्रमको रुपमा आउदै

3K

नेकपाका नेताहरु पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत हुने विषयमा सहमत गराउन सफल भएका छन् । यो सफलतासँगै राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भई वामदेव गौतम शक्तिशाली उपप्रधानमन्त्रीसहित अर्थमन्त्री हुनेछन् । 

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डले संविधान संसोधन गर्ने आश्वासन गौतमलाई  सचिवालय बैठकमै दिइसकेका छन् ।

यही विश्वास र भरोसामा उनी सरकारमा सहभागी हुन लागेका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले समेत गौतमलाई सरकारमा सहभागी गराउनुपर्ने विषयमा लगातार दवाब दिइरहेकी छिन् । राष्ट्रपतिले शितल निवासमै बोलाएर गौतमलाई कन्भिन्स गरेका कारण समेत उनी अब राष्ट्रियसभा हुँदै सरकारमा जान तयार बनेका स्रोतको भनाई छ । 

हालका अर्थमन्त्री डा. युवराज खतिवडा भने हट्ने सम्भावना देखिएको छ । । क्याबिनेटमा मन्त्रीको रुपमा रहिरहनका लागि फागुन २० गते सकिँदै गरेको उनको राष्ट्रियसभा सदस्यको पदावधि थपिनुपर्छ । तर, त्यो संभावना क्षीण हुदै गएपछि खतिवडा भने अर्थमन्त्रीकै रुपमा निरन्तर नरहने निश्चित देखिएको हो। 

Must View