नागरिक पोष्ट News


सावधान ! गर्मी नलाग्दै डडेल्धुरामा डेंगुको लक्षण देखियो

1.4K

गर्मी नलाग्दै डडेल्धुरामा डेंगुको लक्षण भएका एक विरामी फेला परेका छन्। जिल्लाको अमरगढी नगरपालिका– ६ दुमडाका एक बिरामीमा डेंगुको लक्षण पाइएको डडेल्धुरा अस्पतालले जानकारी दिएको छ। 

डडेल्धुरा अस्पतालमा उपचार गराउन आउँदा चेकजाँचपछि उनमा डेंगुको लक्षण भेटिएको  अस्पतालका ल्याब प्रमुख ईश्वरीप्रसाद भुसालले जानकारी दिए।

बिरामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए। केही वर्ष यतादेखि डडेल्धुराका उच्च लेकाली भेगमा पनि लामखुट्टे देखा पर्न थालेका छन्। गत वर्ष जिल्लामा १२ जनामा डेंगु रोग देखा परेको थियो।

Must View