नागरिक पोष्ट News


अभिनेत्री आचल शर्मा को इन्गेजमेन्ट डाक्टर उदिप श्रेष्ठसँग

2.7K

काठमाडौँ, फागुन १२ । अभिनेत्री आचल शर्मा र डाक्टर उदिप श्रेष्ठले इन्गेजमेन्ट  गरेका छन् । यही फागुन २९ गते विवाह बन्धनमा बाधिन लागेका यस जोडीले सोमबार अपरान्ह काठमाडौँको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा औंठी साटासाट गरेका हुन्।

डाक्टर उदिपले इन्गेजमेन्टको तस्विर शेयर गर्दै लेखेका छन्, ‘हामीले सधैको लागि निर्णय गरेका छौं।’

परिवार, आफन्त र निकटका चलचित्रकर्मीको उपस्थितिमा नायिका आचल र चितवन निवासी उदिप श्रेष्ठले इन्गेज्मनेट गरेका हुन्।

उनीहरुको निमन्त्रणा कार्ड पनि बाहिरिएको छ। जसमा  शुभविवाहको लागि नव वर-वधुलाई शुभकामना दिन पाहुनालाई आमन्त्रण गरिएको छ । तर उनीहरुको इन्गेजमेन्ट भएको हो ।

विवाहका लागि आँचलको परिवारले बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यू रोजेको छ । भने, आँचल र उदिपले फागुन ३० गते पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेको विश्वसनिय स्रोतले जनाएको छ । आंचलले अहिले विवाहको तयारीका कारण कुनै फिल्म र म्यूजिक भिडियोमा साइन गरेकी छैनन् । तर विवाहपछि पनि फिल्म र म्यूजिक भिडियोमा सक्रिय रहने बताउँदै आएकी छन् ।

प्रकाशित : सोमबार, फागुन १२, २०७६११:३९

Must View