नागरिक पोष्ट News


नेप्सेमा सामान्य करेक्शन, ३ अर्ब ४१ करोडको कारोबार

1.7K

नेप्सेमा सोमबार सामान्य करेक्शन भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से सोमबार १.९६ ले घटेर एक हजार ५०२.१८ भएको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.४९ ले बढेर ३१८ मा पुगेको छ । आइतबार रेकर्ड नै ब्रेक गरेको सेयर बजारमा सोमबार नेप्से दुई अंकले घटेरे करेक्शन भएको हो । नेप्से झिनो अंकले घटे पनि कारोवार रकम भने तीन अर्ब माथि रहेको छ । कूल १७९ कम्पनीको कूल ८३ लाख ४८ हजार २३४ कित्ता सेयर रु तीन अर्ब ४१ करोड पाँच लाख १६ हजार २७८ बराबरको कारोवार भएको छ ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये सोमबार तीन उपसमूहको मात्रै सेयर बढेको छ । बैंकिङ ४.७६, उत्पादन २३.३९ र अन्य उपसमूह ९.०४ ले बढ्दा व्यापार १५.४२, होटल २२.६५, विकास बैंक १६.३२, जलविद्युत् ११.५८, वित्त २.३९, निर्जीवन बीमा २२०.८८, लघुवित्त ३२.०३, जीवन बीमा ४.७३ र सामूहिक लगानी कोष ०.०४ ले घटेको छ ।  

Must View