नागरिक पोष्ट News


अर्थमन्त्री डा. खतिवडाको निरन्तरता रहने

2.1K

पछिल्लो समय अर्थमन्त्री युवराज खतिवडा हट्छन की रहिरहन्छन् भन्ने बहसले राजनीति र अर्थक्षेत्र तताएको थियो । तर पछिल्लो ७० करोडको सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप काण्डले अर्थमन्त्री खतिवडालाई  फाइदा पुगेको देखिन्छ। बाँस्कोटाको राजीनामापछि खतिवडाले सञ्चार मन्त्रालयको पनि जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र बास्कोटापछि खतिवडायुवराज खतिवडाले निरन्तरता पाउनु हो, भनेर राजनीतिक विश्लेषण गर्न थलिएको छ ।खतिवडा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभा सदस्य बनेका हुन् । राष्ट्रपतिबाट मनोनित खतिवडाको कार्यकाल फागुन २० मा सकिँदैछ ।

Must View