नागरिक पोष्ट News


एमसीसी कार्यदलको प्रतिवेदन: यथास्थितिमा एमसीसी पारित नगर्न सुझाव

1.6K

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अध्ययन गर्न गठन गरेको कार्यदलले पार्टीलाई बुझाएको प्रतिवेदनमा यथास्थितिमा एमसीसी पारित नगर्न सुझाव दिएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यदलले संयुक्त रूपमा  प्र्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर कार्यदलले प्रतिवेदन बुझाएको हो ।

कार्यदलका एक सदस्यले एमसीसी राष्ट्र र जनताको हितमा नभएकाले यथास्थितिमै पारित गर्न असम्भव रहेको सुझाव प्रतिवेदनमा उल्लेख गरिएको बताए ।

एमसीसीको च्याप्टर क्लोज

नेकपाको १५–१९ माघमा भएको केन्द्रीय कमिटी बैठकले एमसीसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरेको थियो । प्रधानमन्त्री ओली एमसीसी मुलुक र जनताको हितमा भएको भन्दै पारित गर्नुपर्ने बताउँदै आएका छन् । तर, नेकपाका अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेता खनालसहितका नेताहरूले सम्झौताका केही सर्त संशोधन गरेर पारित गर्नुपर्ने अडानमा छन् ।

Must View