नागरिक पोष्ट News


बिडम्बना ! जनयुद्धका घाईते ‘कमाण्डर’ घर जाने खर्च जुटाउन सिंहदरबारभित्र चन्दा माग्दै

2.5K

घर फर्कने रकम नभएपछि जनयुद्धका २ जना घाईतेहरु सिंहदर भित्र चन्दा माग्न बाध्य भए।  घाईते अपाङ्गको राष्ट्रिय सम्मेलनमा आएका बाँकेकी वृक्षा उखेरा ‘साकार’ र दाङ्गकी हीरा पोख्रेल ‘रचना’ले घरफर्कने रकम नभएपछि सिंहरदरबामा चन्दा उठाएर बाटोखर्च जुटाएका हुन् । 

लिस्नेको लडाईमा गोली लागेर दुबै खुट्टा गुमाएकी रचना त्यसताका प्लाटुन कमाण्डर थिइन् । 

गतसाता काठमाडौंमा भएको जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ  को राष्ट्रिय सम्मेलनमा आएका उनीहरु घर फर्कने बाटोखर्च नभएपछि काठमााडैंमै रोकिएका थिए । 

आफूहरुले जिल्लाबाट संगठनले तोकेको चन्दा संकलन गरी ल्याएर बुझाएको भएपनि फर्कनेबेला संगठनले बाटोखर्च नदिएको उनीहरुको भनाई छ । 

-ajako_artha

Must View