गल्ती गरेको भए सजाय भोग्न तयार रहेको सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए
कञ्चनपुर । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक अडियो रेकर्डबारे पहिलो प्रतिक्रिया दिएका छन् ।कञ्चनपुरमा रहेका मन्त्री बास्कोटाले बिहीबार बिहान बेलडाँडी गाउँपालिकाले गरेको चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले आफूले गल्ती गरेको भए सजाय भोग्न तयार रहेको बताए । “मेराे बारेमा चर्चा चलेकाे छ । तर अहिले यसबारेमा बिस्तृतमा भन्दिनँ ।” मन्त्रीले भने, “काठमाडौं पुगेर म आफ्नाे धारणा राख्छु ।”व्यक्तिमाथि आराेपलाग्दा त्यसकाे असर व्यक्ति स्वयमलाई पर्ने बताउँदै मन्त्री बास्काेटाले आफूले गलत गरेकाे भए त्यसकाे सजाय भाेग्न तयार रहेकाे बताए ।
“व्यक्तिका लागि पार्टी जाँदैन । जसले गल्ती गरेकाे हाे त्याे जान्छ, यसले पार्टीलाई लैजान्छ भन्ने हाेईन । आत्तिनु पर्दैन । मैले गल्ति गरेकाे भए म जाउँला । विगतदेखि नै हाम्राे पार्टीकाे परिपाटी पनि यस्तै छ ।”बामपन्थी सरकारलाई बदनाम गराउन चौबिसै घण्टा लाग्नेहरु रहेको भन्दै उनले अडियो प्रकरण पनि त्यसकै निरन्तरता भएको बताए ।मन्त्री बास्कोटा बिहीबार बेलौरी र पुनर्वासको कार्यक्रम सकेर काठमाडौं फर्कने कार्यक्रम छ ।