नागरिक पोष्ट News


आर्थिक बृद्धि ८.५ प्रतिशतको सरकारी लक्ष्य पुरा नहुने

1.7K

राष्ट्रिय योजना आयोगले चालू आर्थिक वर्षमा सरकारले बजेट मार्फत लिएको ८।५ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य पुरा नहुने प्रष्ट पारेको छ ।

बुधबार अर्थ समितिको बैठकमा आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेलले आर्थिक बृद्धिको सरकारी लक्ष्य भेट्न नसकिने स्पष्ट पारेका हुन ।

गतसाता अर्थमन्त्री डा। युवराज खतिवडाले बजेटको अर्धबार्षिक समिक्षा गर्दै बजेट खर्च र राजस्व संकलनको लक्ष्य घटाएपनि आर्थिक बृद्धिको लक्ष्य घटाएका थिएनन् ।

कमजोर पुँजीगत खर्च र गौरवका आयोजनाहरुको काम समयमा नहुँदा बजेटमा तोकिएको वृद्धि हासिल नहुने कँडेलले बताए । त्यस्तै उनले यो पटक पनि असारे विकास दोहोरिने अवस्था आएको पनि स्वीकार गरे ।

छलफलमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले अराजक ढंगले बजेट राख्ने प्रवृत्ति नरोकिँद विकास निर्माणले गति नलिने बताए । विकास खर्चलाई उनले छेपारोको कथाको संज्ञा दिदै यसको कारण खोज्न आग्रह गरे ।

Must View