नागरिक पोष्ट News


अबकोअर्थमन्त्री र गभर्नर को होला ?

2.4K

डा. खतिवडा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सांसदमा मनोनित भई अर्थमन्त्री भएका थिए तर उनको राष्ट्रियसभा सदस्य पद २० फागुनमा सकिदैछ । अबको अर्थमन्त्रालयको नेतृत्वका कसले सम्हाल्ने भन्ने अहिले अन्योल छ ।

अबको नेपाल राष्ट्र बैंकको नेतृत्व पनि खाली हुँदैछ । गभर्नर डा। चिरन्जीबी नेपालको कार्यकाल ५ चैतमा सकिदैछ । त्यसपछि नेपाल राष्ट्र बैंकमा पनि नयाँ गभर्नर आउनु पर्छ 

प्रधानमन्त्री ओली अहिले पार्टीमा रक्षात्मक अवस्थामा छन् । पार्टी सचिवालयमा उनी आफ्नो निर्णय गराउन सक्ने अवस्थामा छैनन् । प्रधानमन्त्री ओलीले यही अबस्थामा खतिवडालाई पुनः सांसद बनाउन सक्ने सम्भावना कमै छ किनकी डा। खतिवडाको क्रियाकलापलाई लिएर पार्टीभित्रै आलोचना भइरहेको छ ।

पुष्पकमल दाहाल प्रचण्डले चाहेको व्यक्तिलाई तत्काल सांसद नबनाउने मुडमा रहेकोले राष्ट्रियसभा ससदस्य मनोनितमा ढिलाई भएको नेकपा स्रोत बताउँछ ।

यता गभर्नर पद रिक्त हुनै लाग्दा आगामी गभर्नर को होला भनेर व्यापक अड्कलबाजी चल्न थालेको छ । अर्थमन्त्री डा। खतिवडासँग नजिक भएर काम गरेका तथा प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पनि विश्वास गरेका निवर्तमान अर्थसचिव राजन खनाललाई आगामी गभर्नरको रुपमा हेर्ने गरिएको पनि छ ।

तर, प्रधानमन्त्री ओलीको रोजाईमा खनालभन्दा पनि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी नै अगाडि छन् । त्यसैकारण डेपुटी गभर्नर शिवाकोटी नै आगामी गभर्नर हुन सक्छन् भन्ने अड्लबाजी पनि गरिएको छ । यस्तै, राष्ट्र बैंक संचालक समिति सदस्य सुवोधकुमार कर्ण तथा अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ पनि आगामी गभर्नरका लागि आकांक्षी छन् ।

Must View