नागरिक पोष्ट News


भारत हुँदै खाडी मुलुक जान प्रतिबन्ध, नागरिकता देखाएर भारत जान नपाइने (सुचनासहित)

1.6K

नेपालको स्थलमार्ग हुँदै भारतीय विमानस्थलबाट विभिन्न मुलुकमा मानवतस्करी बढेपछि भारतले प्रतिबन्ध लगाएको छ ।

परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने’ नियम अनिवार्य गरेको हो । भारतको नयाँ दिल्ली स्थित नेपाली दूतावासले जारी गरेको सुचनामा अब यात्रुले आफ्नो राहदानीमा ‘प्रस्थान छाप’ (डिपार्चर स्टाम्प) भएको अवस्थामा मात्रै भारतीय अध्यागमनले ‘आगमन छाप’ (एराइभल स्टाम्प) लगाउने जनाएको छ ।

यस्तो सुचनापछि नागरिकता वा अन्य पहिचान पत्रको आधारमा समेत भारतमा हवाई यात्रा गर्न नपाउने भएका छन् ।

दूतावासले जारी गरेको सूचनामा ‘नेपाल–भारतबीच रहेको खुला सिमानाका कारण नेपालीहरूलाई स्थलमार्गबाट भारत प्रवेश गर्न सहज रहेको सर्व्विदितै रहेको’ भनिए पनि ‘स्थलमार्ग हुँदै भारत आएर तेस्रो मुलुक उड्न खोज्दा समस्या आइपर्ने भएकाले काठमाडौंबाटै उडान भर्न’ आग्रह गरिएको छ । तर सूचनामा भनिएजस्तो तेस्रो मुलुक उड्न खोज्दा मात्रै नभएर विशेष परिस्थितिमा सडकमार्गबाट दिल्ली गएर विमानबाट काठमाडौं फर्कन चाहने नेपाली यात्रु पनि ‘उडान प्रतिबन्धित’ स्थितिमा पुगेका छन् ।

 

Must View