महिलाले अर्को विहे गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने ! जानकारीको लागि सेयर गरौ
1.6K
मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५’ लाई पारित भएको छ । प्रतिनिधि सभाको बैठकले सो विधेयकलाई पारित गरेको हो । प्रतिनिधि सभाको बैठकले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरी संशोधनसहित बहुमतले पारित गरेको हो ।
विधेयकमाथिको छलफलमा सहभागी हुदै सांसदहरु प्रेम सुवाल, पुष्पा भुसाल (गौतम), शेरबहादुर तामाङ, हितबहादुर तामाङ, कृष्णभक्त पोख्रेलले महत्वपूर्ण विधेयक भएकाले त्यसबारे वृहत रुपमा सरोकारवालाहरुसंग छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै अझै पनि विधेयकमाथि कयौ संशोधन आवश्यक रहेको बताए ।