नागरिक पोष्ट News


अर्थमन्त्रीले बैंकिङ क्षेत्रको समस्या र समाधानका लागि बनाए समिति

1.7K

काठमाडौं, ६ फागुन । बैंकिङ क्षेत्रका समस्या समाधानका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले तीन सदस्यीय समिति गठन गरेका छन् । मौद्रीक नीतिको अर्ध वार्षिक समीक्षाको पूर्व सन्ध्यामा उनले समिति बनाएर उक्त समितिको प्रतिवेदनको आधारमा बैंकिङ क्षेत्रका विद्यमान समस्या समाधान गर्न खोजेका हुन् । सोमबार अर्थमन्त्रालयमा बैंकर्सहरुसँग छलफलपछि अर्थमन्त्रीले समिति निर्माण गरेका हुन् । चालु आवको मौद्रीक नीतिको अर्ध वार्षिक समीक्षामा स्प्रेडदर, ऋण लिन कर चुक्ताको प्रमाणपत्रसम्बन्धि व्यवस्था, मासिक किस्ता र ऋणको अनुपात सम्बन्धि व्यवस्थामा अर्थमन्त्रीले पुनरावलोकन गर्न चाहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

अर्थ मन्त्रीको चासोमा राष्ट्र बैंकले लागू गरेका उल्लेखित व्यवस्थाका कारण बैंक तथा वित्तिय संस्थाको ऋण प्रवाह घटेको छ । चालु आवको पहिलो ६ महिनामा वाणिज्य बैंकको कर्जा प्रवाह गत वर्षको सोही अवधिको तुलनामा ३० अर्ब रुपैयाँ घटेको बताइन्छ । समितिमा अर्थ मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्य, राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल सम्मिलित छन् ।

Must View