नागरिक पोष्ट News


जिन्दगी दिन काट्नको लागी होईन, कुनै महान काम गर्नको लागी हो ।

1.8K

कति व्यक्तिलाई आफ्नो सुख सुविधा र उत्कृष्ट जीवनशैलीमा घमण्ड हुन्छ । त्यसकारण उनीहरु अरुलाई खासै महत्व दिँदैनन् । घमण्डका कारण थुप्रै समस्या बढ्न सक्छन् । यहाँ यस्तै एउटा प्रेरक प्रसंगबारे कुरा गरिएको छ जसमा समय जुनसुकै बेला पनि परिवर्तन हुन सक्ने जानकारी दिँदै कसैले पनि घमण्ड गर्न नहुने बताइएको छ ।

– प्रचलित लोक कथा अनसार पुरानो समयमा एक राजकुमार शिक्षाका लागि आश्रम जाने बेला सधैंजसो एक वृद्ध व्यक्तिलाई भिख मागिरहेको देख्ने गर्थे । ती वृद्ध बाटोमै बसिरहन्थे र त्यहाँ आवतजावत गर्ने बटुवासँग पैसा र खाना माग्ने गर्दथे । उनले राम्रोसँग खान पाउँदैनथे त्यसकारण उनी निकै दुब्लो थिए, उनको कपडा पनि निकै फोहोर हुन्थे ।

– राजकुमारसँग सुख सुविधाका हरेक वस्तु थिए तर उनले ती वृद्ध व्यक्तिलाई फिटिक्कै मन पराउँदैनथे । एकदिन उनले भिख माग्ने व्यक्तिलाई भने, ‘तिमीसँग केही पनि छैन, भिख माग्छौ, यस्तो जीवन किन बाँच्न चाहन्छौ ? किन भागवानलाई आफू भएठाउँ चाँडै नै बोलाउन प्रार्थना गदैनौं ?’

– वृद्ध व्यक्तिले भने, ‘म सधैं साँझ बिहान भगवानसँग आफ्नो जीवन कुनै कामको नभएको भन्दै मलाई उहाँहरु भएठाउँ बोलाउन प्रार्थना गर्छु तर भगवानले मेरो प्रार्थना सुन्नु नै हुन्नँ । सायद भगवान म यसै दुनियाँमा रहूँ भन्ने चाहनुहुन्छ ता कि मानिसहरुले मलाई देखेर समय जुनसुकै बेला परिवर्तन हुनसक्छ भन्ने जानून् ।’

– उनले राजकुमारलाई भने, ‘कुनै बेला मसँग पनि धन थियो । मसँग पनि सुख सुविधा थिए तर मैले कहिले पनि मानिसहरुको मद्दत गरिनँ, मलाई मेरो रुप रंग र धनमा घमण्ड थियो । अब मेरो सबैकुरा बर्बाद भएको छ, मसँग खानका लागि खाना छैन, लगाउनका लागि कपडा छैन । मलाई देखेर सबैले यो बुझ्नुपर्छ कि कसैले पनि घमण्ड गर्नु हुँदैन, सुख–दुःख आइरहन्छन्, समय जुनसुकै बेला पनि परिवर्तन हुनसक्छ ।’

थप

बदलिँदाे परिवेशमा विकासका लागि समय सापेक्ष रूपमा आफूमा पनि सकारात्मक परिवर्तन गर्नु जरूरी हन्छ । हाम्राे सफलतामा हाम्राे व्यक्तित्वकाे विकासमा निर्भर हुन्छ । त्यसैले बदलिँदाे परिवेशमा आफ्नाे व्यक्तित्वमा परिवर्तन ल्याउन जरूरी हुन्छ । सधैँ आफू भित्रकाे नराम्राे बानी त्यागी राम्राे बानी अपनाउनुहाेस् । याे काम निकै गाराे हुन्छ । त्यसैले यस कामका लागी उपयूत्त समय नयाँ वर्ष भन्दा अरू कुनै हुन सक्दैन ।

यो संसारमा जति पनि मान्छेहरु रहेका छन् ति सबै जन्मिदा एक्लै आएका हुन् र अन्तिम समयमा पनि एक्लै नै यो संसार छोडेर जान्छन् । मानिसहरु जन्मिसके पछी एक किसिमले उनिहरुलाई अरुको साथ् पनि मिल्दै जाने गर्छ । तर जब जब जिन्दगी अगाडी बढ्न थाल्दछ तब जीवनमा एक्लै बस्ने वातावरण पनि आफै बनाउदै र मिलाउदै जानु पर्दछ । तर उमेर सानो हुदा भावनात्मक रुपमा उनीहरु अरुमा निर्भर रहने गर्दछन ।

उनीहरुलाई अरुले स्विकारुन, माया गरुन्, आफुलाई सहयोग गरुन्,सम्मान गरुन् भन्ने आशा राख्ने गर्दछन् । तर्र जब उमेर बढ्दै जान्छ यस्ता कुराहरु बाट पनि व्यक्ति टाढिदै जान्छ र उसलाई एक्लो महशुस पनि हुन थाल्दछ ।

कोहि व्यक्तिलाई समुहमा वा साथीभाईहरु संग मात्र हिड्ने बस्ने बानि लागेको हुन्छ । तर यदि परिस्थिति बस उनीहरु छुटिनु पर्यो भने व्यक्तिले आफुलाई मन बाटै एक्लो महशुस गर्न थाल्दछ र मानसिक रुपमा पनि ऊ कमजोर हुने गर्दछ । कतिपयहरु बाट त झन् अप्रिय घटना पनि घट्ने गर्दछ ।

जिन्दगी अहिले यस्तो समय तालीका बनिसकेको छ कि, यदि करियरमा राम्रो सफलता हात पार्न सकिएन भने न त तपाईले यहाँ मान पाउने हुनेछ न त सम्मान, किनकि तपाइँ जस्तो करियरमा सफल हुन दौडिने मानिसहरुको यहाँ कमि छैन । यदि तपाइँले करियरमा सफलता हात पार्छु बनेर सोच्नु भएको छ भने आज हामी तपाईलाई यहाँ केहि टिप्सहरु दिनेछौ, जसले तपाईलाई सफलता हाशील गर्न मद्दत पुग्नेछ ।

मानिसको जीवनमा आत्मविश्वासको ठुलो भूमिका रहेको हुन्छ । आत्मविश्वास बिना मानिसले जीवनमा केहि पनि गर्न सक्दैन । यदि कुनै व्यक्ति सग आत्माबिस्वास नै छैन भने उसले कतै गएर पनि केहि काम गर्ने सक्दैन । आत्मबिश्वासले नै मानिसहरुले समुहमा आफ्नो बिचार राख्न सक्दछ । व्यक्तिलाई कस्तो काममा रुची छ त्यो काम गर्न सक्दछ । यदि कुनै व्यक्ति जीवनमा सफल छ भने उसको आत्मविश्वासले गर्दानै हो ।

जानौ केहि प्रेरक प्रसंगहरु :

१. तपाईंहरु एउटा कठिन काम गर्नको लागी एउटा अल्छी मान्छेलाई चुनुहोस किनकी त्यो अल्छी मान्छे त्यो कामलाई गर्ने सजिलो उपाय खोज्छ ।

२. गरिब भएर जन्मनु तपाईको गल्ती होईन तर गरिब भएर नै मर्नु तपाईको गल्ती हो ।

३. यदि तपाई यसलाई राम्रो बनाउन सक्नुहुन्न भने, केवल यस्तो त बनाउनुस कि त्यो राम्रो देखियोस ।

४. तपाईले आफुलाई कसैसँग तुलना नगर्नुस किनकी यदी यस्तो गर्नुहुन्छ भने तपाईले आफ्नो बेईज्जती आफै गरिरहनुभएको छ ।

५. धेरै ठुलो सफलता हासिल गर्न, तपाईले कहिलेकाही धेरै ठुलो जोखिम उठाउनुपर्दछ ।

६. धेरैजसो मान्छेहरू यसको बारेमा धेरै बढी सोच्छन कि १ बर्षमा के गर्न सक्छन तर यसको बारेमा धेरै कम सोच्छन कि १० बर्षमा के गर्न सक्छन ।

७. जब म सानो थिए, तब मेरा धेरै सपना थिए, र मलाई लाग्छ कि ति मध्ये धेरैजसो पुरा भईसके किनकि मलाई धेरै पढ्ने मौका मिल्यौ ।

८. जिउनको लागी त एक पल पनि अत्यन्त हुन्छ तर भर पर्छ तपाई कसरी जिउन चाहनुहुन्छ ।

९. तपाई आफ्नो जिन्दगीको लागी केही गर्न सक्नुहुन्न तर तपाई यसलाई मुल्यवान बनाउनको लागी केही अवश्य गर्न सक्नुहुन्छ ।

१०. जिन्दगी दिन काट्नको लागी होईन, कुनै महान काम गर्नको लागी हो ।

११. यदी केही गर्न वा बन्न चाहनुहुन्छ भने सबभन्दा पहिले लक्ष्य लाई निर्धारण गर्नुहोस, अन्यथा जिन्दगीमा चाहेको उपलब्धी पाउन सक्नुहुन्न ।

१२. मानिस एक्लै जन्मिन्छ र एक्लै मर्छ पनि र उसले गरेका असल र खराब कामहरूको परिणाम एक्लै स्वर्ग वा नरक पनि जान्छ ।

Must View