नागरिक पोष्ट News


२७ औं प्रहरी महानिरीक्षक ज्ञवालीको जीवनी : सरल, इमानदार र कर्तव्यनिष्ठ,

2.3K

प्रहरी जनताको सेवक हो - ठाकुरप्रसाद ज्ञवाली

प्रहरीले जस्तोसुकै परिस्थितिको पनि सामना गर्नुपर्छ, आफ्नो कर्तव्य र जिम्मेवारीबाट पछि हट्नुहुँदैन भन्ने धारणा ज्ञवालीको छ

२७ औं प्रहरी महानिरीक्षकका रुपमा ठाकुरप्रसाद ज्ञवाली बन्न सफल भएका छन् । एआईजीबाट सबै अवकाशमा परेकाले डीआईजीबाट एकैचोटि आईजीपीमा ज्ञवाली बढुवा भएका हुन । डिआईजीद्वय २०४७ असार २५ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन् । 

नियमावलीमा भएअनुसार प्रहरी नायब महानिरीक्षकमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा मन्त्रिपरिषदले ठाकुरप्रसाद ज्ञवालीलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको हो । 

बुबा नारायणप्रसाद ज्ञवाली र आमा सुमित्रा ज्ञवालीको माइलो सुपुत्रका रुपमा प्युठानमा जन्मनुभएका ठाकुरप्रसाद ज्ञवाली २९ वर्षको उमेरमा २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गर्नुभयो । चार भाइमध्येको माइलो छोरा ठाकुरका जेठो दाइ र भाइ पनि प्रहरी सेवामै हुनुहुन्छ । एक भाइ विदेशमा हुनुहुन्छ । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।

उहाँ प्रहरी सेवामा प्रवेश गर्दाको पनि रोचक प्रसंग छ । उहाँले व्यक्तिगत चाहनाबाट प्रहरीमा प्रवेश गर्नुभएको होइन । एक जना मामाको छोराले प्रहरी निरीक्षकमा आवेदन खुलेको बेला आवेदन भरिदिएछन् । उहाँले लिखित परीक्षा दिँदासम्म घरपरिवारमा यो कुराको जानकारी थिएन ।

लामो समयसम्म प्रहरी निरीक्षकमा बसेर सेवा गर्नुभएका ज्ञवालीको १२ वर्ष त्यस पदमा रहेपछि बल्ल डीएसपी बन्ने अवसर मिल्यो । सिंगो ६ वर्ष उहाँले लागू औषधको एउटै बिटमा काम गर्नुभयो । त्यसपछि उहाँ केरकार शाखामा जानुभयो । ज्ञवालीको ०६५ सालमा बुटवल सरुवा भयो । बुटवल गइसकेपछि त्यहीँबाट उहाँको प्रमोशन भयो । एसपीमा प्रमोशन भएर उहाँ दाङ जानुभयो ।

दाङमा झन्डै १९/२० महिना बस्नु भएपछि उहाँ फेरि कर्मचारी प्रशासन हेडक्वाटर आउनुभयो । त्यहाँबाट बारा पुग्नुभयो । बारामा ११ महिना जति सेवा गरेपछि त्यहीँ सप्तरीको चुनाव सम्पन्न गराउनुभयो ।

बाराबाट फर्केपछि उहाँलाई विदेश जाने अवसर मिल्यो । विदेशबाट फर्केपछि फेरि उहाँले सचिवालयमै बसेर काम गर्नुभयो । त्यसपछि उहाँ एसपी भएर झापा जानुभयो । झापाबाट एसएसपी भएर फेरि सचिवालयमै फर्कनुभयो । सचिवालयबाट उहाँलाई नेपालगन्ज तालिम केन्द्र खटाइयो । त्यहाँ झन्डै डेढ वर्षजति बसिसकेपछि उहाँको सिआईबीमा सरुवा भयो । सिआईबीबाट ५/७ महिनापछि डिआईजीमा प्रमोशन भयो । डिआईजी भएपछि उहाँ अख्तियार पुग्नुभयो । अख्तियारबाट उहाँ १ नं. प्रदेशको प्रमुख भएर रहनुभयो । यसरी उहाँको अधिकांश समय जिल्लातिरभन्दा बढी हेडक्वाटरमा बित्यो ।

 ज्ञवाली युएनमा तीन ठाउँ ओसोबो, स्टिमोर र आइटिन

सेमिनारहरुमा  ज्ञवालीले जापान र माल्दिभ्समा भने सहभागी

ज्ञवाली जनसेवा श्रीपदबाट विभूषित हुनुहुन्छ ।

Must View