नागरिक पोष्ट News


२७ औँ प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको पृष्ठभूमि

1.8K

काठमाडौँ — नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा भएका डीआईजी ज्ञवाली संगठनमा इमान्दार र खरो स्वभावका अधिकृतका रुपमा चिनिन्छन् । २०२२ असोज २८ गते साविक वादीकोट गाविस–९, प्युठानमा जन्मिएका ज्ञवाली २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

 

२०५८, वैशाख १८ गते डीएसपी, २०६६ मंसिर ३ गते एसपी, २०७३ असार २८ गते एसएसपी र २०७५ असोज २८ मा उनी डीआईजीमा बढुवा भएका थिए। एसएसपी हुँदा प्रहरी महानिरीक्षककोसचिवालय, केन्द्रीय अनुसन्धान ब्यूरो र बुटवल प्रहरी तालीम केन्द्रको ‘कमाण्डेण्ट’ रहिसकेका ज्ञवाली एसपी हुँदा कर्मचारी प्रशासन शाखा जिल्ला प्रहरी कार्यालय झापा, दाङ र बारा,महानगरीय प्रहरी अपराध महाशाखा प्रहरी प्रमुख बनेका थिए।

Must View