चन्द्रदेव जोशीको रामकहानी: साझा बसको कन्डक्टर हुदै अहिले ७ करोडको भ्रष्टाचार मुद्दा खेप्दै
दार्चुलाबाट आठ दिन लगाएर बल्लतल्ल काठमाडौं आइपुगेका जोशीले राजकाज मुद्दा खेप्नुपर्यो । जसका कारण काठमाडौंमा काम नै पाएनन् । १ नम्बर नपुगेरआइएस्सी फेल भए कारण थियो, टिबी रोगले च्याप्दा, ३ वर्ष साझा बसको कन्डक्टर भएँ । उनले केही काम पाएनन्। गोजीमा पैसा थिएन। खान–बस्नकै समस्या भयो। ०२२ सालसम्म तीन वर्ष साझाको कन्डक्टर भएरै बिताए। ०४२ सालको बमकाण्डमा जेल परे। ०६९ साल जेठ ४ गते डा। बाबुराम भट्टराई प्रधानमन्त्री छँदा भूमिसुधार मन्त्री भएका थिए। त्यसैबेला फाइलअघि बढाएको अभियोगमा उनीमाथि ७ करोडको भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।
को हुन् ? जोशी, कसरी मुछिए भष्टाचारमाजीवनमा उनले कहिल्यै नचिताएको यत्रो आरोप लाग्दा जोशी अहिले आफ्नै निवासमा दिक्दार मुडमा बसिरहेका थिए। जोशी एउटै स्वर छ, त्यत्रो पैसा मैले जीवनमा देखेको पनि छैन, भ्रष्टाचार त मैले कल्पना समेत गर्न नसक्ने विषय हो’,त्यत्रो धरौटी राख्ने पैसा मसँग छैन, अब जेलमै मर्न पनि सक्छु, अन्यायको हद पनि यतिसम्म, जोशी बोल्नै सक्दैनन् । न्याय हराएको देश, सतीले सरापेको देश, केही गर्छु भन्नेलाई राजनीतिक पूर्वाग्रहमा यस्तो अभियोग पनि लाग्दोरहेछ, जोशीमाथि अन्याय नै भएको राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी बताउँछन् । उनका समकक्षी र शुभचिन्तकहरु पनि जोशीमाथि राज्यले गम्भीर आरोप लाएको भन्छन् ।
वर्षौ एउटै कोट लगाउने व्यक्ति घरमा तातो बनाउने हिटरसमेत जोड्न नसक्ने व्यक्तिले यत्रो रकमको भष्टाचार जन जनबाट यो प्रश्न उठेको सोसल मिडिया र अनलाइन मिडियाहरुले सार्वजनिक गरिरहेका छन् । भष्टाचारीलाई सजाय हुनुपर्दछ तर भष्टाचारीको नाममा निर्दोष व्यक्ति फस्नुहुदैन र राजनीतिक प्रतिशोध पनि साँच्नुहुदैन । चन्द्रदेव जोशी निर्दोष पनि हुन सक्छन् , निष्पक्ष छानबिन हुनुपर्दछ । आम नागरिकको यही भनिरहेका छन् । सत्य सत्य नै हुन्छ, तर सत्य सावितको लागि यहाँ धेरैको जिन्दगी त्याग्नुपर्दछ, चन्द्रदेव जोशीको यो मुद्दा त्यस्तो नबनोस् ।