वर्षकै उत्कृष्ट फोटो भयो, मृत्युअघि आमालाई हात हल्लाएको यो फोटो
हाइड्रोसेफालुस रोगका कारण ज्यान गुमाएका रौतहट बरियारपुरका दुई वर्षीय बजरंगी मिश्रले आफ्नी आमालाई मृत्युअघि हात हल्लाउँदै गरेको फोटो यो वर्षको उत्कृष्ट फोटो घोषित भएको छ । यो फोटो नभेष चित्रकारले खिचेका हुन् । फोटो पत्रकार क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि चित्रकारले जितेका हुन् ।
यसैगरी सुरज श्रेष्ठको फोटो नेपाल स्माइल, गोपेन राईको फोटो डेली लाइफ विधामा उत्कृष्ट घोषित भए । दिपेन श्रेष्ठले न्युज विधा, नभेष चित्रकारले नेचर एन्ड वाइल्ड लाइफ र सुबीर थापाले कल्चर एन्ड टुरिजम विधामा उपाधि जिते ।
त्यस्तै स्पोर्टस् विधाको उपाधि विकास द्वारेले जिते भने फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम भयो ।
डेली लाइफमा रोविक उपाध्यायको फोटो दोस्रो तथा सुरज ताम्राकारको फोटो तेस्रो भयो । न्युज विधामा एलिट जोशीको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो ।
नेचर एन्ड वाइल्ड लाइफमा दिपेन श्रेष्ठको फोटो दोस्रो र दीपक बुढाथोकीको फोटो तेस्रो भयो । ‘कल्चर एन्ड टुरिजममा प्रमिन मानन्धरको फोटो दोस्रो र रोविक उपाध्यायको फोटो तेस्रो भयो । स्पोर्टसमा सुनिता डंगोलको फोटो दोस्रो तथा दिनेश गोलेको फोटो तेस्रो भयो ।
नेपाल स्माइलमा सुलभभक्त श्रेष्ठको फोटो दोस्रो र नभेष चित्रकारको फोटो तेस्रो भयो । त्यस्तै फोटो स्टोरीमा रोविक उपाध्यायको फोटो दोस्रो र चन्द्रबहादुर आलेको फोटो तेस्रो भयो ।