नागरिक पोष्ट News


सुकुटी र मासु लैजान प्रतिबन्धित: सुकुटी बोकेर जापान पुगेका २ नेपालीको भिसा रद्द गरेर फर्काइयो

1.8K

सुकुटी र आलो मासु बोकेर जापानको विमानस्थलमा ओर्लिएका २ जना नेपालीलाई जापानको अध्यागमनले भिसा र’द्द गरेर नेपाल फर्काइदिएको छ । जापानले विमानस्थलमार्फत आफ्नो देशमा ल्याउन प्र’तिबन्ध लगाएका वस्तु ल्याएको भन्दै उनीहरुको भिसा र’द्द गरेको हो ।चितवन घर भएका भट्टराई थरका ती दुई नेपाली बाबुछोरा हुन् । उनीहरुलाई ३ वर्षको भिसा दिइएको थियो जुन र’द्द भएको छ ।दुईमध्ये छोरा पहिल्यैदेखि जापानमा थिए । अहिले विदामा नेपाल गएर आफ्ना बाबुलाई पनि साथैमा लिएर आएका थिए ।

सोधपुछमा भट्टराई बाबुछोराले झुट बोलेको भए पनि सुरक्षाकर्मीलाई शं’का लागेपछि लगेज खोलेर जाँच गर्दा तीनवटा सुटकेसमा गरी करिब ३ किलो सुकुटी र ३ किलो जत्तिनै आलो मासु भेटिएको थियो । चेकजाँचम हरियो खुर्सानी, धुलो खुर्सानी लगायत अन्य खानेकुरा समेत सुटकेसमा भेटिएको थियो । यी वस्तुहरु जापान लैजान प्रतिबन्धित छन् ।

Must View