नागरिक पोष्ट News


ए मेरो हजुर ! सम्बन्ध टुट्न गल्ती हुनैपर्दैन रहेछ - खुसि लिम्बु

2.6K

ए मेरो प्रिय मन, हुन त म हजुरलाई प्रिय भनेर सम्बोधन गर्नु नै मेरो आफ्नै मन दुखाउनु हो अनी मेरो साचो माया को अपमान आफै गर्नु सरह हो तर पनि भन्न मन लाग्ने रहेछ! र त सम्बोधनमा सँधै प्रिय मन भनेर लेख्ने गर्छु! सम्बन्ध टुट्न गल्ती हुनैपर्दैन रहेछ यो कुरा हजुर बाट सिकेँ। हुन त म गलत थिएना भनेर पन्छिन खोजेको त पटक्कै हैन!गलत थिए होला अनगिन्ती हजुर को मन जानी नजानी!दुखाएको थिए होला तर हजुर ले गरेझै कमजोर प्रेम भने गरेकी थिईन मैले त्यो हजुर ले बुझ्नु भयो या भएना थाहा छैन र अब त त्यो सब जरूरी पनि रहेना किन कि प्रेम प्रस्ताव आफै हजुर ले नै गर्नु भयो मलाई त केवल हजुर को हरेक कुरा को भावना मा प्रेम भएको न हो आखिर हजुर त !आफ्नै मर्जीमा आउनु भो अनि आफ्नै मर्जीले फेरि जानू भो त्यो हजुर को कुरा हो तर आफू खुशी भएर अरूलाई पिडामा पार्नु भनेको त्यो गलत हो ! थाहा छैन मैले अझै पनि त्यो दिनहरू सम्झिन्छु तर हजुर ले सम्झिन्नु हुन्छ या हुदैनौ, म यो पनि भन्दिन हजुर लाई सधै मलाई सम्झिनुपर्छ भनेर पनि किन कि अब हजुरलाई त्यो दिन सम्झेर रूमालिने फुर्सद नै कहाँ छ र सम्पर्क बिहिन भएको पनि धेरैले भयो अनी अर्को खुशी को कुरा केही दिन अगि मात्र मैले थाहा पाए हजुर को अर्को प्रेमिका छ रे भनेर धेरै धेरै बधाई यति भन्न मैले छुटाउनै हुन्न!बधाई त दिनै पर्छ ढिलै भए पनी शुभकामना दिएँको छु स्वीकार्नु या नस्वीकार्नु त्यो हजुर को मन को कुरा न हो ।।

यो मेरो साचो प्रेम कोत स्वीकार नगर्नेले मान्छे ले जाबो मैले दिएको बधाई के स्वीकार्नु हुन्छ र है!! तर पनि खुशी हुनु ल हजुर मान्छे हेर्दा जति असल अनि अन्जान जस्तो देखिन्थ्यो तर तेस्तो व्यवहार देखिन ठिक बिपरित हजुर ले नै प्रमाणित गरेर देअखौनु भयो किन कि हजुर जस्तो सोझो र इमान्दार मान्छेले यसरी मान्छे को मन टोडेर हिड्छ भनेर मैले सपनामा नि कल्पना गरेकि थिईन!सोच्नु आफै हजुर को प्रेमिल कुराहरू/माया देखि लिएर विवाह सम्म पुग्ने हाम्रा स्वर्णिम सपनाहरू हास्न मन लाग्छ हाहा कति वकमास हुन्छ है यो प्रेम, भन्ने शब्द सुन्दा नि अनि जति हाँसो लाग्छ नी तर सोचेको जस्तो का हुन्छ र त्यो झुठो सब्द सम्झिएर पछि तेस्को डबल मेरो आँशु झर्छ पल पल हजुर को हरेक यादमा अनि जति आँशु झर्छ नी हो त्यस पछि डबल हजुर लाई या हजुर को त्यो झुटा प्रेम लाई एकदमै घृर्णा गर्छु।।

अनि एकपटक मैले सोधेको पनि थिएँ म हजुरलाई भनेजति समय दिन सक्दिन येदि हजुर रिसाउनु हुन्छ भने ठिक छ हजुर अरू सँग जान सक्नु हुन्छ भनेर त्यो बेला हजुर ले उल्टै मलाई गाली गर्नु भाको थियो !! सम्पर्क बिहिन भएर बाटो मोड्नु भयो खै त्यो हजुर को बाध्यता थियो था छैना हजुर नै जान्नु! मैले हजुर लाई सम्पर्क गरेकै हुँ किन कि म हस्पिटल थिएँ!! त्यसपछि धेरैदिन न मैले हजुर लाई सम्पर्क गरेँ न हजुर ले नै फेरि केही दिनपछि मैले हजुर को फेश्बुक प्रोफाईलमा खै किन किन चेक गर्नु मन लाग्यो त्यहाँ हजुर को प्रेमिका को फोटो देखि पछी केही बोलिना म त्यो सब देख्दा पनि म पटक्कै रोईन फिस्स हाँसेँ! यो हाँसो खुसीको हाँसो हुदै हैन हजुर को फोटोसँग लेखिएको स्टाटस् थियो “i always love you dear तिमीलाई कहिल्यै रूवाउँदिन हरेकपल तिम्लाई साथ दिने वाचा गर्छु”भनेर लेख्नु भाको रैछ मैले त्यो सब पढेर नसकाई फेरि एउटा कुरा सोच्न भ्याएँ त्यो स्टाटस् लेख्दै गर्दा उसले बर्षौ पहिले मलाई पनि येस्तै गरेर वाचा गरेको थियो शब्द मा मलाई सम्झ्यो होला कि नाई?

ऊफ्! भनेर एक्छिन चुप चाप बसे म पनी! त्यति माया गरेको मान्छे लेत माया देखेन भने त्यो शब्दमा के देख्ला र!त्यो सब कुरा लाई येहि ट्ङ्याउछु आज बाट त्यो बुझ्नु नसक्नु नै हजुर को कमजोरी,हो अनि जे जति कुरा हरु मैले बुझाउन नसक्नु मेरो कमजोरी,हो हजुर ले मलाई प्रतिक्षा गर्न सक्नु भएना त्यो हजुर को कमजोरी अनि ,मैले हजुर लाई समय दिन सकिन त्यो मेरो कमजोरी,हो केही दिन मै साथ छोडेर अरूलाई मन मा भित्र्याउने निर्णय लिनु त्यो हजुर को खुसी,को कुरा हो र अनि बेस्तता ले मेरो साचो माया लाई गुमाउनु मेरो मजबुरि!थियो त्यति छिटै फेरिने रहिछ हजुर को महान मनलाई सलाम र हजुर पराईको हुँदासम्म पनी बेखर भई हजुरको मायाको पर्खाईमा बसिरहने मलाई धिक्कार!! छ यि सबै घटना पछि पनि हजुर लाई मैले विस्तारै विस्तारै भुल्दै थिएँ हजुर ले गरेको माया पन्छाउदै अगि बढ्दै थिएँ तर अचानक फेरि फेश्बुक को वाल्ला मा भेटे बोल्ने कुनै शब्द नै फुटेन र बोलिन पनी तर फेरि ति सबै विर्सिएका अतितहरु एकाएक यि मान बाट रूमालिन पुग्यो र म बाध्य भएँ फेरि एकपटक आँशु को बलि चढाउन! सायद हजुर को नाममा खस्ने अन्तिम आँशु यहि नै होलान्!खुसी रहुन्नु ल प्रिय मन आफ्नो प्रेमिका संङ्ग गरेको वाचा अधुरो हुन नदिनु ठिक मसँग झै जुन बर्षौ पहिले वाचा गर्नु भएको थियो तेस्तो चै नगर्नु ल बिचरा म -उही:- हजुर कि खुशी लिम्बू

-लेखिका खुसि लिम्बु (साभार खुसि लिम्बुको वाल बाट)

Must View