नागरिक पोष्ट News


डरलाग्दो जीव ! जसलाई छुँदा मात्र पनि मानिसको मृत्यु हुन सक्छ, समुन्द्रको नजिक नजान चेतावनी

2K

एउटा यस्तो जनावरको बारेमा हामी जानकारी दिँदैछौँ, जुन जनावरलाई छुँदा मात्र पनि मानिसको मृत्यु हुन्छ । यो जनावरको नाम हो ‘स्टोन फिस’ ।

ढुङ्गा जस्तै देखिने यो माछोलाई छुनासाथ हाम्रो ज्यान जान सक्छ । त्यसैले समुन्द्रको धेरै नजिक नजान चेतावनी दिइएको हुन्छ ।

यो विषवाला माछो समुन्द्रको मकर रेखा आसपासमा हुने गर्छ । यो माछोको बनावट ढुङ्गाको जस्तै छ । त्यसैले मानिसहरु यो माछालाई चिन्न सक्दैनन् र माछाको शिकार बन्छन् ।

यदि यो माछाभन्दा माथि टेक्यो भनेमात्र पनि त्यो त्यसले आफूमाथिको तौलको मात्रामा न्युरोटोक्सिन विष निकाल्छ । यदि यो माछाले कसैलाई पनि टोक्यो भने टोकेको अंग तत्काल काटेर फालेमा मात्र बाँच्न सकिन्छ ।

यो माछो संसारका अन्य माछाहरु भन्दा फरक हुन्छ साथै खतरनाक पनि । यो माछोले छोड्ने विषको रफ्तार एकदमै तिब्र हुने गर्छ । यो माछोलाई छोएको ५ सेकेन्डमै यसले विष छोड्न थाल्छ ।

यो माछोको एक थोपा विषले मात्र पनि एउटा शहर नष्ट गरिदिन्छ । एक थोपा विष कुनै पनि शहरमा भएको पानीमा घोलेको खण्डमा त्यस शहरका मानिसहरुको जीवन सकिन्छ । एजेन्सीको सहयोगमा

Must View