पेट्रोल छर्केर श्रीमानले जिउँदै जलाए विदेशबाट पठाएको पैसा हिनामिना गरेको भन्दै
सिराहाको औरी गाउँपालिका–२ मा श्रीमानले श्रीमतीलाई पे*ट्रोल छ*र्केर जि*उँदै आ’गो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पे-ट्रोल छ’र्केर आ*गो लगाइदिएका हुन् । घाइते अनितालाई छिमेकीको सहयोगमा उपचारका लागि परिवारले विराटनगरस्थित म्याक्स अस्पताल पुर्याएका थिए, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आइतबार बिहान ३ बजे राजधानीको कीर्तिपुर अस्पताल ल्याइएको थियो ।
तर, अस्पताल पुर्याउँदा नै उनको मृ’त्यु भइसकेको थियो । जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले खाना बनाउँदै गर्दा श्रीमान् र श्रीमतीबीच पारिवारिक लेनदेनको विषयमा विवाद भएको र सोही क्रममा विनोदले अनितालाई पेट्रोल छर्किंदा चुल्होबाट आगो सल्किएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको जानकारी दिए ।मृ’तक अनिताकी श्रीमान् विनोद मलेसियामा तीन वर्ष बसेर केही समयअघि मात्रै घर फर्केका थिए ।
विदेशबाट कमाएर पठाएको चार लाख रुपैयाँ हिनामिना गरेको भन्दै अनितालाई पैसा फिर्ता माग्न दबाब दिँदै आएका थिए । यो खबर आजको राजधानी दैनिकमा छ । उनले आफूले पठाएको पैसाले ससुरा अशोककुमार यादवले सासूको नाममा ५ कट्ठा जग्गा किनेको र आफूले पैसा नपाएको भन्दै श्रीमतीलाई पैसा फिर्ता माग्न दबाब दिँदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको हो । निरन्तरको दबाबपछि ससुराले ३ लाख फिर्ता गरे पनि बाँकी रकम फिर्ता नगरेको पाइएको छ ।