अब पत्रकारले पनि लाइसेन्स लिनुपर्ने व्यवस्था
1.8K
पत्रकारिता गर्न चाहने नयाँ पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने भएको छ । तर हाल कार्यरत पत्रकारले भने लाइसेन्स परीक्षा दिनुपर्ने छैन ।
जसमा पत्रकारको रुपमा काम गर्न चाहनेको लागि लाइसेन्स परीक्षा सञ्चालन सोको सामान्य व्यवसायिक पत्रकारिता, पाठ्यक्रम मिडिया काउन्सिलले तोके बमोजिम हुने उल्लेख गरिएको छ ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल विधेयकमाथि छलफलका क्रममा नयाँ आउने पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्थामा सहमति जुटाएको हो ।