नागरिक पोष्ट News


कालो बिरालाले बाटो काट्यो ! मानिन्छ यस्तो अशुभ

3.6K

भूकम्प आउनु अघि कुकुरले भुईं सुघ्दै दौडने, खोलाभित्र माछा उफ्रने लगायत संकेत देखिन्छ भन्ने मान्यता रहेको छ ।

यसबाहेक परापूर्वक कालदेखि जनावर, पशुपंक्षी लगायतले शुभ र अशुभ कुराको संकेत गर्ने विश्वास हिन्दूधर्मावलम्बिहरुले विशेषरुपमा गर्ने गरेका छन् । कुकुर, विरालो, फ्याउरो, काग लगायत जनावर तथा पशुपंक्षीहरुले पछि हुने कुराको संकेत गरिरहेका हुन्छन् भन्ने मान्यता नेपालमा रहेको छ ।

यदी बिरालो न्याउरी मुसा, छेपारो आदीले बाटो काटेको देखेमा केही बेर कुर्ने र अर्को कोही गएपछि मात्र जाने नेपालीको संख्या अधिक मात्रामा रहेको छ । विशेषगरि सवारीसाधन प्रयोगकर्ताहरुले त यी जनावर वा जीवले बाटो काटेमा सवारी दुर्घटना हुने भन्दै अगाडि बँढ्न संकोच मान्ने गरेका छन् ।

बिरालोले बाटो काट्नु, बिरालो रुनु र आपसमा झगडा गर्नु पनि अशुभ मानिन्छ । सामान्यता बिरालोको बाटो काटेको अशुभ मानिन्छ। यदि बिरालोले यदि दाहिनेतिरबाट बाटो काटेको छ भने बायाँ तर्फ जानु भयो भने बिरालोले बाटो काटेको अशुभ मानिदैन।

तपाइँ कुनै शुभकार्यमा जाँदै हुनुहुन्छ र बिरोलो आफ्नो मुखमा मासुको टुक्डा लिएर उभिएको देखियो भने तपाइँको काम सफल हुन्छ। यदि सुतिरहेको व्यक्तिको टाउको बिरालोको चाट्यो भने यस्ता व्यक्ति सरकारी मामिलमा फस्न सक्छ। दिपावलीको रातमा घरमा बिरालो आउनु शुभ मानिन्छ।

यदी बिरालो न्याउरी मुसा लगायतले बाटो काटेको दोष निवारणका लागि केही झारपात वा स्याउलालाई ढुंगाले थिचेर दोस पन्छाएर अघि बढ्ने चलन पनि रहेको छ । तर यसको कुनै वैज्ञानिक आधार र तथ्य भने पाँइदैन ।

त्यस्तै धर्मशास्त्र अनुसार, कुकुर रोयो भने आउने दिनमा केही अशुभ घट्ना घट्ने संकेत भन्ने बुझिन्छ । तर कुकुरहरु कहिलेकाँही आफ्नो पीडाको र दुःखका कारण पनि रुने गर्छन् ।

कुकुर रोएमा घर परिवार वा नजिकै कसैको मृत्यु हुने विश्वास गरिन्छ । कुकुर धेरै दिनसम्म लगातार एकोहोरो रोएको खण्डमा केही अशुभ समाचार सुन्नुपर्ने मत रहेको छ । तर यसको कुनै बैज्ञानिक कारण भने छैन ।

रिसको झोकमा कुकुरहरु ठूलो स्वरमा भुक्ने गर्दछन मूलत यिनीहरु धेरै रिसालु भएका कारण आफ्नो रिस कम गर्न ठुलो स्वरले भुक्ने तथा रुने गर्दछन् । यतिमात्र होइन कुकुर एक्लै प¥यो भनेपनि पीरले रुने कराउने गर्दछ ।

Must View