सोच्थेँ बुवा लोभी भएर फाटेको जुत्ता लगाएको होलान् तर होइन रहेछ पैसा कमाउन गार्हो रहेछ
म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठूलो नभएसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई एउटा बाइक पनि किन्दिन सकेनन् ।
जाबो एउटा बाइक पनि किन्दिन नसक्नेले मलाई किन डाक्टर बनाउने सपना देख्नु रु आफ्नो सपना किन अरुमाथी थोपार्न खोज्नु रु
रिसको झोकमा मैले यो पनि महशुस गरिन कि मैले बुवाको जुत्ता लगाएर हिँडेको रहेछु । मैले केहि पैसाको लागी उहाँको पर्स पनि चोरेर हिंडेको थिएँ । त्यो पर्समा केहि च्यातिएका कागजका टुक्राहरु मेरी आमाले नदेखुन् भनेर एउटा कुनामा लुकाएर राखिएका थिए ।
जब म बस पक्रन बस स्टेसन तर्फ लम्किदैँ थिएँ तब मेरो खुट्टामा केहि बिझाएजस्तो भयो ।
अलि पर पुगेर जुत्ता खोलेर हेर्दा जुत्ता केहि च्यातिएको थियो र साना साना प्वालहरु पनि थिए । स्टेसनमा कुनै बस नभएकाले मैले त्यहिँ एकछिन बसेर बुवाको पर्स खोलेर हेर्ने निधो गरेँ । पर्समा ४० हजारको बिल रहेछ जुन मलाई बुवाले ल्यापटप किन्नका लागी ॠण लिएका थिए ।
अचम्मको कुरा मैले त्यहाँ बुवाको म्यानेजरले बुवालाई लेखेको एउटा नोटिस भेटेँ जहाँ भनिएको थियो – भोलिदेखी अर्को नयाँ जुत्ता लगाएर अफिस आउनु ।’ अनि मैले सम्झेँ कि जब आमाले बुवालाई नयाँ जुत्ता किन्न भन्थिन् तब बुवा सधैँ भन्थे ‘यो जुत्ता अझ ६ महिनासम्म टिक्छ ।’
अनि मैले अर्को कागज पनि भेटेँ जुन एक्स्चेन्ज लेटेर’ रहेछ । बुवाले मलाई बाइक किन्दिनका लागी आफ्नो स्कूटर नै बेचेका रहेछन् ।
तब म आफुलाई एकदम कमजोर महशुस गरेँ र आफैलाई सम्हाल्नै सकिन्न । आँखाबाट आँशुका धारा रोकिएनन् । अनि हत्तारिएर घर गएँ र बुवालाई अङ्गालो हालेर भनेँ ‘ बुवा, अब मलाई बाइक चाहिँदैन ।’
म सधैँ सोच्थेँ बुवा लोभी भएर फाटेको जुत्ता लगाएको होलान् तर होइन रहेछ पैसा कमाउन गार्हो भएर रहेछ ।
-Ukali Orali सत्य तथ्य खबर