नागरिक पोष्ट News


‘बोलीको घाउ वाणको घाउ भन्दा दर्दनाक हुन्छ’ – सत्य साईबाबा

2K

काठमाडौं – धेरै अनुयायीहरू भएका धर्मगुरु हुन् सत्य साई । बास्तबिक नाम सत्यनारायण राजु रहेका उनी मजदुरी गरेर घर चलाउने एउटा गरीब परिवारका सन्तान थिए । उनको जन्म सन् १९२६ नोभेम्बर २३ मा भएको थियो। उनी परिवारका कान्छा छोरा थिए । उनकेहि भनाइहरु छन् जसले तपाइको जीवन बदल्न सक्छ । उनका उपदेशहरु मानव जीवनलाई अर्थपूर्ण र उपयोगी बनाउने खालका छन् । उनका विचारले जीवनमा सधैं अगाडि बढ्न मद्दत गर्नेछ । हेर्नुहोस् सत्य साईबाबाका केहि उपदेशहरु जसले तपाइँको जीवन नै बदल्न सक्छ ।

आफूलाई गाली गर्नेलाई प्रेम गर्न नछोड । सेवा प्रेमको अर्को रूप हो । बोल्नु र गर्नुपूर्व एकछिन सोचे गल्ती हुदैन ।सधै अरूको विचार र दृष्टिकोणलाई आदर गर ।ईश्वरलाई पूर्ण विश्वास राख्नेले जे पनि पाउन सक्दछ ।भगवान आफैभित्र हुन्छ । बोलीको घाउ वाणको घाउ भन्दा दर्दनाक हुन्छ ।अरूबाट प्रतिष्ठा र आदर पाउने इच्छा नराख ।

Must View