नागरिक पोष्ट News


मर्मस्पर्शी कथा : आमाले ओडारमा भैंसी पालेर पढाएको छोरा लोकसेवा पास भएपछि

3.2K

बैतडीको पाटन नगरपालिका–७, कैलपालकी केटरी बोहराले लेकको ओडारमा भैंसी पालेर घिउ बेचेर दुई छोरालाई मास्टरडिग्री पढाएको कथा निकै मर्मस्पर्शी छ । ओडारमा भैंसी पालेर छोराहरुलाई हुर्काउँदै स्कूल पढाएका केटरी बोहराका कान्छो छोरा खडकसिंह बोहराले भर्खरै लोकसेवा पास गर्नुभएको छ । खड्कसिंहले एक महिनाअघि लोकसेवा आयोगबाट प्रशासन सहायक पाँचौं तह पास गरेर डडेल्धुराको आमरगढी नगरपालिकामा सेवा सुरु गर्नुभएको छ । खड्कसिंहले त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजी विषयमा मास्टर डिग्री गर्नुभएको छ ।

स्नातकोत्तर पढाएको छोरा लोकसेवा पास !

लाकेसेवा पास गरेर आमाको आर्शिवाद लिन डडेल्धुराबाट घर पुग्नु भएका खडकसिंह बोहराले आमाले ओडारमा भैंसी पालेर आफुलाई हुर्काउने र पढाउने काम गरेको कुरा शब्दमा बयान गर्न नसकिने बताउनुभयो ।

दिनभरी जङ्गलमा भैंसी चराएर ओढारमै बसेर केटरीले धेरै घिउ बेच्ने र आएको पैंसाले छोरालाई पढाउने सपना बुन्नुभयो । सपनाको गाँठो फुकाउँदै केटरीले भन्नुभयो, ( ‘ओढारमा १० वटा भैंसी पाले । त्यो बेला बजारमा दूध बिक्रि गर्ने चलन थिएन । दूधको बजार पनि थिएन । घिउ तताएर टिनका टिन घिउ बेच्ने र आएको पैसाले छोराछोरी पढाउने काम गरे । मेरो सपना साकार भएको छ । जेठो छोरो शिक्षक बनेको छ । कान्छोले लोकसेवा पास गर्यो ।’

https://pathivarapost.com/

स्रोत:  गोरखापत्र अनलाइन

Must View