नागरिक पोष्ट News


आमाः संसारकै सबभन्दा महान्, बयान गरेरै सकिदैन्

2.2K

काठमाडौँ । यो संसारमै आमा शब्द आफैमा एक सम्मान शब्द हो । संसारमै आमाको महिमा कति सम्म अपार हुन्छ भन्ने कुरा हरेक सन्तानलाई थाहा हुन्छ । आमा शब्द यस्तो ममताले भरिएको शब्द छ यसको कुनै बयान गरेरै सकिदैन् । संसारमा सबै भन्दा आत्मीय र सबैभन्दा महान् शब्द नै आमा हो । यस धर्तीमा जन्म दिने आमा लाइ भगवान् भन्दा पनि माथिको रूपमा मान्ने गरिन्छ । तर हामीहरूले यो कुरा गर्दा गर्दै पनि गर्भ मै कैयौँ शिशुहरूको भएको हुन्छ हामी त्यसको कुरा गरेका छैनौ । एउटी आमाले सन्तानलाई यस धर्तीमा जन्म दिई खोलामा, फोहोरको डसबिनमा फालेका कुराहरू हामी गरेका छैनौ ।

जुन बच्चाले सुन्दर संसार देख्न र महसुस गर्न पाएन उसले आमा याद गर्छ भन्ने त कल्पनासम्म पनि गर्न सकिदैन । यो मानविय कुरा मात्रै होईन हरेक प्राणीमा यो कुरा लागु हुने गर्दछ , अहिले एक तस्विर एक चर्चामा आएकोछ । यसमा देख्न सकिन्छ कि बाख्राले आफ्नो बच्चा (पाठी) लाई दुध पिलाइरहेको छ । त्यसको विपरितमा बसेर एकसानो बच्चा एकदमै चासोको साथ त्यो हेरिरहेको छ । यस्तो लाग्दो हो उसले पनि स्तनपानका लागि आफ्नो आमा खोजिरहेको छ।र त्यही बाख्राको स्तनपनि आमा समान छ भनेर त्यो अवोधपनले समेत जानिरहेको हुँदोहो ।

तस्विर भने उक्त बाख्रिको खोरमा भने हैन । हेर्दा सफा उनै बालकका लागि लिटो पाक्ने घरको भान्छा कोठा जस्तो देखिन्छ । चुल्हो नजिकै घोप्ट्याईएको भाडा छ । खाली भाँडा, बाख्रीले स्तनपान गराइरहेको अवस्थालाई एक टकले हेरिरहेको बालकलाई सायद गरिबी र भोकमरिले पिल्साएको छ भन्दै दुखि बनेर लाखौँ मानिसले सेयर गरिरहेका छन्

Must View