नागरिक पोष्ट News


नेपाली महिलाहरुले पाठ सिक्नु पर्ने उदाहरणीय व्यक्तित्व हुन् आशा ओझा दाहाल

6.7K

काठमाण्डौं/ आशा ओझा दाहाल भन्नु हुन्छ : " परिर्वतन समय र परिस्थिति अनुरुपम हुँदै जाने प्रकृया हो जो सकारात्मक वा नकारात्मक पनि हुनसक्छ तर हामी यस सकारात्मक परिर्वतन र विचारलाई बिकास मान्नुपर्छ जसले समाज, देश र त्यहाका नागरिकमा सकारात्मक संदेशको प्रभाव होस् । नेपाल भर छरिएर रहनुभएका समाजसेबीहरुको एक मत भयो भने नेपाली सामाजमा भएका जस्तासुकै दुःखहरु, गाह्रो साह्रो अफ़्ठ्यारोहरु पनि सजिलै समाधान गर्न सकिन्छ । लोक भनाई नै छ नी, ‘एकले थुकी सुकी सयले थुकी नदि’ हाम्रो देशका समाजसेबीले गरेको काम पनि ठिक यस्तै भएको छ छुट्टा छुट्टै गर्न खोज्दा केहि पनि भयको छैन । मलाई के लाग्छ भने नकारात्मक होइन सकारात्मक बन्नु पर्छ, भोलि होइन आज गर्नुपर्छ सरकारले होइन आफुले गर्नु पर्छ। आफ्नै पहलमा देशभर कुनै एक ठाउमा भयपनी कम्तिमा परिबर्तन हुने खालको कुनै एक योजना सम्पन्न गर्नु पर्छ। जसले आउने समासेबिलाई समेत सकारात्मक प्रेरणा दिन सकोस् । मागेर खाने दिमागले बिकासका योजना नबन्दा रहेछन जब सम्म प्रत्येक नेपालीको स्वाबलम्बी योजना हुँदैन तबसम्म हाम्रो मुलुकमा विकासले गति लिन सक्दैन।

आम नेपालीहरुमा एकताको सम्बन्ध बढाउदै प्रत्येक विद्यार्थीलाई गुणस्तरीय प्राबिधिक शिक्षा जनतादेखि नेता सम्म इमान्दारिता लगनशिलता धैर्यता अनुसासन नियम पालन स्वाबलम्बी विचार नैतिकता मा समेत सुधार गर्न सकेमा हाम्रो मुलुक पनि बिकाशको गति तर्फ़ अगाडी पक्कै बढ्नेछ। हामीले अब बिगतका दिन बाट पाठ सिक्दै मेल मिलापको नीति अबलम्बन गर्दै एक ढिका भएर राजनीतिक दल हरु एक हुन आबस्यक छ र बिकाशको काम र बिकासको लागि बनाईने कुनै पनि नीतिमा एकमत हुन जरुरी छ तुरुन्त बिदेशिएका युवालाई नेपाल फर्कन आकर्षक योजनाहरु निर्माण गर्नु पर्दछ पत्रकारदेखि सामाजिक अभियानतासम्म बिद्यार्थीदेखि शिक्षकसम्म, किसानदेखि नेता सम्म इमान्दारिता पुर्बक आफुले सक्दो रास्ट्रका लागि योगदान दिन जरुरी छ । यसको विकल्प भनेको नैतिक शिक्षा र प्राबिधिक शिक्षा को नै हो। यो सरकारले बिद्यालय देखि कलेज सम्म तुरुन्त लागु गर्नु पर्छ। हामी आफ्नो देश कसरि बनाउन सक्छौ भन्नु भन्दा पहिले आफु र आफ्नो परिवार कसरी समाज का सामु नैतिक वान भएर उदारणिय हुन सकिन्छ भन्ने बुझन जरुरी छ । त्यसपछि विस्तारै कसैलाई समाजमा आपत परेको देख्नुहुन्छ भने सुरुवात् त्यहिबाट पनि गर्न सकिन्छ तपाईले पनि आफ्नो सामाजिक भाबना बढाउदै लैजानुस मरेपछि स्वर्ग पुगीएला नपुगीएला तर अनुभब गर्न सके बास्तबिक स्वर्ग हामीले यहि आफ्नै जन्म भूमिमा तयार गर्न सक्छौ भन्ने भाव आफुमा पैदा गर्नु पर्दछ । हामि बिस्व भर छरियर रहेका नेपालीहरु एकभएमा देशको मुहार फेर्न हामि आफै लगानी गर्न सक्षम छौ भन्ने उदाहरण प्रस्तुत गरेर छिट्टै देशको बिकास गरौ सम्पूर्ण नेपालि हरुलाई मेरो शुभकामाना ।

Must View