साउदी जेलको कथा, फाँसीबाट बचेका उमेशको मर्मस्पशी पीडा: एउटा ट्याबलेट खायो तीन घण्टा सुत्यो
मेनपावर कम्पनीलाई एक लाख ४० हजार रुपैयाँ बुझाएर उमेश यादव २००७ मा साउदी अवर पुगेका थिए । साढे पाँच सय रिअल उनको तलब थियो। साउदी पुगेको एक महिनाको तलब पनि थाप्न पाएनन् उमेशले कारण उनको जीवनमा साँढे सातको दशा लाग्यो । काम गरेको १२औं दिनमा उनको जीवनमा नसोचेको घटना घट्यो । घरमा रङ लगाउँदै गर्दा सिनियर पाकिस्तानी मजदुरसँग सामान्य भनाभन पछि मुक्कामुक्की भयो । । उमेशले पनि पाइप उचालेर ती पाकिस्तानी चार पटक हिर्काए । त्यही घटना नै उमेशका लागि कालो दिन बन्यो । सो घटना भएको १६ दिनपछि पाकिस्तानी नागरिकको मृत्यु भयो । त्यसपछि उमेशलाई रियाद जेलमा चार दिन राखेर उनलाई जुवेल सेन्टर जेल पुर्याइयो । जब पाकिस्तानीको मृत्युको खवर सुने । उमेशको हंशले ठउँ छोड्यो । किनकी, साउदीमा ‘मान्छे मारेकोलाई मृत्युदण्ड नै दिने कानून छ ।’
फाँसीबाट बचेर आएका उमेश भन्छन्-जेलमा भएका नेपालीहरुका लागि लड्छु- विश्वास खड्काथोकी
दुई वर्षसम्म त उमेश बेहोसी नै थिएँ । नेपाल फर्कने कुनै आशा थिएन । न खाना मिठो, न सुत्ने ठेगान । एउटा बेडमा चार जना सुत्नुपर्ने, त्यो पनि पालै पालो । उमेश भन्छन्, ‘दिमागका मर्ने बाहेक अर्को केही कुरा आउँदैनथ्यो । त्यसैले एउटा ट्याबलेट खायो तीन घण्टा सुत्यो ।’
दुई वर्षपछि उमेशका परिवारका सदस्यहरुले थाहा पाए कि छोरा जेलमा छ । थाहा पाएर के गर्नु ? भगवानसँग प्रर्थना गर्नुबाहेक गर्नसक्ने केही थिएन ।
जेलमा बस्दा उमेशसँग मोवाइल हुने कुरा भएन । उनकाअनुसार जेलभित्र चोरीको मोवाइल किन्न पाइन्थ्यो तर धेरै महंगो । विदेश जाँदा लागेको ऋण त तिर्न सकेका छैन, कसरी मोबाइल किन्नु ? त्यसैले जेलर साथीको मोवाइल लिँदै बेलामौकामा घरमा फोन लगाउथेँ उमेश ।
दिन वित्दै गयो, उनले हरेश खाँदै गए । उपाय लाग्छ कि भनेर मृतक पकिस्तानीको परिवारसँग पनि सम्पर्क गरे । दूतावासमा लगातार फोन गरिरहे । तर कसैले उनलाई सहयोग गरेन । त्यसैले जेलमा ट्याबलेट खाने, तीन दिनसम्म लड्ने गरेर जुवेर जेलको जीवन गुजारे ।
२०१८ को एकदिन जनरल अदालतले उमेशलाई फाँसीको सजायँ सुनयो । त्यो पनि पहिला खुट्टा र हात काट्ने अनि घाँटी । किनकी उनलाई हरप्पा मुद्दा लागेको थियो । उमेशले संसार बिर्सिए ।
उमेश अब म मर्दैछु भन्ने खवरले जति आत्तिएका थिए, देश र नेपाली दूतावाससँग त्यत्तिकै आक्रोशित थिए । उमेशले सबै आक्रोश भिडियोमा पोखे, सहयोगको याचना गरे अनि कसैलाई फेसबुकमा राख्न लगाए ।
भिडियो भाइरल भयो । नेपालीहरु सहयोग गर्न चाहे । सरोज रायले पनि जनकपुरको एउटा पत्रिकामा समाचार देखे । मनमनै सोचे, यो मान्छेलाई छुटाउन पहल गर्छु ।’
सहयोग जुटाउन थाले, साउदी पुगेर नेपाली दूताबासको सहयोग लिए, न्यायाधीशशसँग कुरा राखे । राय फेरि मृतक पाकिस्तानी नागरिकको परिवार भेट्न पाकिस्तान पुगे । र, माफिनामा बनाए । सरोज भन्छन्, ‘म तीन पटकसम्म पाकिस्तान पुगेँ । पाकिस्तानी वकिल लगाएर परिवारलाई मनाएँ । अनि वकिलमार्फत ब्लड मनीको तीस लाख रुपैयाँ पीडितको परिवारलाई उपलब्ध गराएँ ।’
यो तीस लाख सरोजलाई मनकारी नेपालीहरुले जुटाइदिएका थिए ।
सरोजको दुई वर्ष लामो प्रयास अन्तत सफल भयो उमेश, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिए । उमेश भन्छन्, ‘जेलका साथीहरुबाट सय-पचास रियाल सहयोग उठाएर नेपाल आएको हुँ ।’
उमेशले जेलमा आफूसँगै भएका पाँच जना नेपालीलाई छोडेर आएका छन् । केही दुर्घटनाका मुद्दामा जेल बसेका छन् त कोही के मुद्दामा । उनी भन्छन्, ‘त्यहाँ जेल परेपछि कसैले थाहा पाउँदैन । सहयोग गर्ने मान्छे भएन भने या त जीवनभर जेलमा सड्ने हो, या फाँसीमा झुण्डिने हो ।’
जुवेल जेलमा १२ जनाभन्दा बढी नेपाली रहेको बताउँछन् उमेश । भाषकै कारण कतिपय निर्दोष नेपाली जेलमा छन् । ‘सरकारले चाहने हो भने विवेकलाई दुई महिनामा निकाल्नसक्छ ।
साभार : अनलाइन खबर
(जीवन बदल्ने प्रेरणादायी यो लेख भएकोले नागरिकपोष्टले यस लेखलाई लिंकसहित स्रोत खुलाएर साभार गरेका छौं ।)