मनाङको तापक्रम - १९ डिग्री: जनजीवन कष्टकर, धारा, नदी, खोला र तालको पानी बरफ बनेको छ
1.5K
मनाङमा तापक्रम माइनस १९ डिग्री सेल्सियसमा झरेको छ। तापक्रम माइनसमा झर्दा जनजीवन कष्टकर बनेको छ। धारा, नदी, खोला र तालको पानी बरफ बनेको छ भने जनजीवन अस्तव्यस्त बन्दै गएको छ। चिसो बढेपछि उच्च लेकाली क्षेत्रका गाउँ प्रायः मानवविहीन भएका छन्।
चिसो छल्न स्थानीय काठमाडौं, पोखरा, चितवन लगायतका शहरमा जाँदा गाउँमा मान्छे कम भएका छन्।