होशियार ! हिटर बालेर सुत्दा रिसोर्टमा आठ जनाका अकालमा यसरी ज्यान गयो
भारतको केरलबाट नेपाल घुम्न आएका ८ जना पर्यटकले मकवानपुरमा ज्या’न गु’माए। मकवानपुरको दामनस्थित होटल एभरेष्ट पानोरमा उनीहरुले अकालमा ज्या’न गु’माएका हुन्। चिसो मौसममा होटलको कोठाका झ्याल ढोका ब’न्द गरेपछि हिटर बालेर सुतेका उनीहरुको अक्सिजन अभावमा ज्या’न गएको हो। अ’चेत अवस्थामा होटलमा फेला परेका उनीहरुलाई काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएएपछि चिकित्सकहरुले सबैलाई मृ’त घो’षित गरिदिए। भारतबाट नेपाल भ्रमणमा आएका दुई परिवारका ८ सदस्यको अस्पतालमा ल्याउनुअघि नै मृ’त्यु भइसकेको थियो ।
प्रहरीका अनुसार उनीहरुले होटेलमा ग्यासबाट चल्ने हिटर बालेर सुतेका थिए। चिसो ठाउँमा उनीहरुले हिटर आफैंले ल्याएका थिए। म’दिरा पिएपछि हिटर बालेर सुतेकाले उनीहरुको मृ’त्यु भएको आशंका प्रहरीले गरेको छ। दामन चिसो स्थानमा भएकाले भारतीय ती पर्यटक हिटर बालेर सुतेका थिए।
चिसोबाट ब’च्न हिटर बालेकै कारण उनीहरुको मृ’त्यु भएको ह्याम्स अस्पतालका डाक्टर थापा बताउँछन्। ‘झ्याल ढोका ब’न्द गरेर सुत्दा अक्सिजनको कमी भयो। त्यहाँ का’र्बनअक्साइट धेरै भयो’ डाक्टर थापाले भने, ‘धेरै मान्छे एउटै कोठामा सुतेका कारण उनीहरुको ज्या’न गएको देखिन्छ।’ मृ’त्यु हुनेमा भारतको केरलाका ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय बालक अभी, ७ वर्षीया बालिका अर्चना, ५ वर्षीया बैशनव र ९ वर्षीया बन्द्रा रहेका छन्। उनीनीहरु दुई परिवारका हुन्।
दुई परिवारका बावु आमा र तिनका एक-एक छोरी रहेको प्रहरीले जनाएको छ। उनीहरु बा.३ क ३७८८ नम्बरको गाडीमा दामन पुगेको बुझिएको छ।