नेप्सेमा उछाल, ३ घन्टामै ३२ अंकले बढ्याे, कारोबार रकम दुई अर्ब: अबको बजार १३ सय माथि
निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उत्साह थपिने क्रमले साताको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ । खरिदबिक्री रकमसँगै नेप्से सूचक पनि दोहोरो अंकले बढेको छ ।
सेयर बजारमा आएको सुधारले यो साता नेप्से परिसूचक १३०० अंकको थ्रेसहोल्ड पार गर्ने देखिन्छ । बैंक तथा वित्तिय संस्थाबाट ऋण प्राप्त गर्न थालेपछि लगानीकर्ताले सेयरमा लगानी गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिका घर कर्जा र सवारी कर्जामा कसिलो नीति लिएपछि त्यसको प्रभाव पुँजी बजारमा देखिएको छ ।
सेयर बजार अब तल नझर्ने शेयर विश्लेषकहरु बताउँछन् । शेयर बजार बढ्छ, लगानी गर्ने समय यही हो, नेप्से १३ सय भन्दा माथि नै रहन्छ ।’ शेयर बजारका विज्ञहरु यसै भनिरहेका छन् । तर पनि सोचेर मात्र लगानी गर्नुपर्ने हुन्छ । हरियाली छाएको बजार कतिखेर ब्रेक लाग्छ थाहा हुदैन ।
साताको पहिलो दिन नेप्से परिसूचकमा ३३ दशमलव ४३ अंकले बढेर १ हजार ३ सय ४३ दशमलव ४३ अंकमा कायम भएको छ भने कारोबार रकम दुई अर्ब नाघेको छ ।
आज धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी रहेको छ । जसको कारोबार १२ करोड १५ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा शिवम् सिमेन्ट रहेको छ । जसको कारोबार १० करोड ८५ लाख रुपियाँ बराबरको भएको छ ।