नागरिक पोष्ट News


Happy Birthday Sampada ! बृद्धाश्रम पुगेर ३ वर्षिय नानीले आफ्नो जन्मदिनको केक काटिन्

2.8K

सञ्चारकर्मी तथा समाजसेवी सबु बस्नेतले गगंबुको हिमालय बृद्धाश्रममा ३ वर्षिय छोरी सम्पदाको जन्मदिन मनाएकी छिन् । समाजसेवामा समर्पित सबुले छोरीको २ पटक छोरीको जन्मदिन अनाथ आश्रममा गएर मनाइसकेकी छिन् । यसपटक पत्रकार प्रताप राना मगरको सल्लाहमा छोरीको तेस्रो जन्मदिन मनाउन हिमालय बृद्धाश्रम पुगेकी हुन् ।

हामी त सधै मिठो मिठो खाइरहेकै हुन्छौ फेरि जन्मदिनलाई किन तडकभडक र फजुल बनाउनु त्यसको लागि दिनदुखीका लागि एकदिन सेवामा समर्पित हुने काम गर्नु मनको पहिलो शान्ति हुन्छ र त्यसैले यस्ता सामाजिक कार्यमा जन्मदिन मनाउने परिपाटी बसाले संस्कार र संस्कृति दुबै बस्छ भन्ननुहुन्छ, सम्पदा उप्रेतीका बुबा सञ्चारकर्मी भरत उप्रेती ।

 आफ्नो जन्मदिनको केक बृद्धाश्रममा पुगेर काट्दा छोरी सम्पदा पनि उत्तिकै खुशी भएकी थिइन ।  सम्पपदाको जन्मदिन हिमालयन बृद्धा आश्रमका अग्रज बुवाआमाहरुसँग मनाउँदै गर्दाको क्षण साथमा वरिष्ठ समाजसेवी राजेश्वरी क्षेष्ठ,पत्रकार प्रताप राणा,समाजसेवी पटेन मादेन,आश्रमकी सचिव रिमा सापकोटा र साथमा अन्य वरिष्ठ व्यक्तिहरुको उपस्थिती रहेको थियो र आश्रममा रहेका ३० जना असाहय बुबा आमाहरुले सम्पदालाई खुशीको आशीर्वाद समेत दिए । जन्मदिन वर्षको नयाँ बिहानी भएकोले कमसेक वर्षमा एकपटक राम्रो काम गर्न सके जीवनको गन्तव्य सफल हुने भएकोले यस्तो सामाजिक कार्य गर्नु सबैभन्दा सुखद पक्ष हो ।

 

Must View