नागरिक पोष्ट News


शेयर बजारमा हरियाली, एक हप्तामा नेप्से झण्डै १०० अंक बढ्यो : अबको बजार १३ सय माथि !

2.3K

 सेयर बजारमा आएको सुधारले यो साता नेप्से परिसूचक १३०० अंकको थ्रेसहोल्ड पार गर्ने देखिन्छ । बैंक तथा वित्तिय संस्थाबाट ऋण प्राप्त गर्न थालेपछि लगानीकर्ताले सेयरमा लगानी गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिका घर कर्जा र सवारी कर्जामा कसिलो नीति लिएपछि त्यसको प्रभाव पुँजी बजारमा देखिएको छ ।

सेयर बजार अब तल नझर्ने  शेयर विश्लेषकहरु बताउँछन् ।  शेयर बजार बढ्छ, लगानी गर्ने समय यही हो, नेप्से  १३ सय भन्दा माथि नै  रहन्छ ।’ शेयर बजारका विज्ञहरु यसै भनिरहेका छन् । तर पनि सोचेर मात्र लगानी गर्नुपर्ने हुन्छ । हरियाली छाएको बजार कतिखेर ब्रेक लाग्छ थाहा हुदैन । 

काठमाण्डौ - यो हप्ता शेयर बजारमा नेप्से ९७ अङ्कले बढ्दा लगानीकर्ताले झण्डै १ खर्ब ५० अर्बले कमाएका छन् । यो साता शेयर बजारमा परिसूचक नेप्से ९७ दशमलव ११ अङ्कले बढेको छ । अघिल्लो साताको बिहीबार १ हजार २ सय १३ दशमलव १२ अङ्कमा बन्द भएको बजार यो साता झण्डै १ सय अङ्कले बढेर १ हजार ३ सय १० दशमलव २३ अङ्कमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि यो साता १८ दशमलव ६१ अङ्कले बढेर २ सय ८२ दशमलव ८७ अंकमा बन्द भएको छ ।

नेप्सेमा उछाल ! नेप्से १३५८ बिन्दू पार गर्ने: लगानी गर्ने यही हो समय

 नेप्सेमा उछाल !  नेप्से १३५८ बिन्दू पार गर्ने:  लगानी गर्ने यही हो समय

कारोबार रकममा पनि यो साता ५७ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । यो साता ६ अर्ब ६७ करोड २० लाख ६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अघिल्लो साता ४ अर्ब २२ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

बैंक मर्ज भएपछि यो बैंकको शेयर पुनः सूचिकृत भएको हो । त्यस्तै सिर्जना फाइनान्सको २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद शेयर पनि नेप्सेमा सूचिकृत भएको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता बढ्दै जाँदा बैंकहरुले शेयर धितोमा कर्जा बढाएका छन् । जसका कारण बजारमा लगानी बढ्न गई नेप्से सकारात्मक बनेको छ ।

 त्यस्तै अधिकांश कम्पनीहरुले नगद लाभांश शेयरधनीको खातामा पठाइसकेकाले पनि शेयर बजारमा लगानी बढ्न गई शेयरको माग बढेको र मूल्यमा वृद्धि भएको विश्लेषण गर्न सकिन्छ । 

Must View