नागरिक पोष्ट News


अपाङ्गता भएका महिलाहरुको मुद्धा पहिचान विषयक २ दिने राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न

2.3K
  •  शर्मिला विश्वकर्मा

काठमाण्डौ राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपाल, अपाङ्गता अधिकार र विकासका लागि क्रियाशिल नेपाल, नवलपरासी बहिरा संघ र सृजनशिल महिला समुहको संयुक्त आयोजनामा अपाङ्गता भएका महिलाहरुको विभिन्न मुद्धा पहिचान विषयक २ दिने राष्ट्रिय परामर्श गोष्ठी काठमाण्डौंमा गरियो । माघ २ र ३ गते आयोजना गरिएको उक्त परामर्श गोष्ठीमा नेपाल नेत्रहिन महिला संघकी कार्यक्रम अधिकृत लक्ष्मी नेपालले नोभेम्बर २०१९ मा बेइजिङ्मा आयोजना गरिएको कार्यक्रममा एशिया प्रशान्त क्षेत्रको तर्फबाट नेपालमा रहेका अपाङ्गता भएका महिलाहरुको राजनीतिक तथा सार्वजनिक जीवनमा सहभागीतको विषयमा प्रस्तुतीकरण गर्दाको अनुभव बताउनु भएको थियो ।

 

त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी उपाध्यक्ष तथा अपाङ्गता अधिकारकर्मी रमा ढकालले कार्यक्रमको सहजीकरण गर्दै यस दुइदिने राष्ट्रिय गोष्ठीले अपाङ्गता भएका महिलाहरुका विषयमा आएका सुझाबहरुको आधारमा वकालत तथा पैरवी गर्न सहज हुने बताउदै सबै सरोकारवाला निकायहरुले अपाङ्गता भएका महिलाहरुका सवालहरुलाई प्राथामिकता दिएर काम गर्न जरुरी रहेको कुरामा जोड दिदै सो दुई दिने छलफलबाट आएका सल्लाह सुझाबको आधारमा १३ बुँदे काठमाण्डौं घोषणा पत्र पढेर सुनाउनु भएको थियो । उक्त राष्ट्रिय कार्यशाला गोष्ठीमा अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा.सुनिता मलेकु / अमात्यले अटिजम अपाङ्गताको विषयमा प्रस्तुतीकरण गर्दै अटिजम अपाङ्गता भएका महिलाहरुको पहिचान र जीवन यापनमा कठिनाई भएको बताउनु भयो ।

त्यसै गरी नेपाल अपाङ्ग महिला संघ नेपालकी अध्यक्ष निर्मला धितालले शारीरिक अपाङ्गता भएका महिलाहरुको सवालमा, कोशीशकी कर्मचारी कमला पौडेलले मनोसामाजिक अपाङ्गता भएका महिलाहरुको समस्या र चुनौती, सृजनशील महिला समुहकी अध्यक्ष सारा थापा मगरले एच.आइ.भी. संक्रमित महिलाले भोग्न परेका सामाजिक विभेदहरु, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालकी उपाध्यक्ष शिला थापाले डाउन सिण्ड्रोम तथा बौद्धिक अपाङ्गता भएका महिलाहरुले भोग्न परेका कठिनाईहरु, श्रवणदृष्टिविहिन अभिभावक समाजकी परिेयोजना संयोजक रुश्ना महर्जनले श्रवणदृष्टिविहिन अपाङ्गताको कठिनाई, अपाङ्गता भएक व्यक्तिहरुको लागि स्वावलम्वन जीवन पद्धती केन्द्र काठमाण्डौंकी उपाध्यक्ष जमुना सुवेदीले स्वावलम्वन जीवन पद्धतीको अवधारणा, यसको बुझाई र समावेशिताका लागि यसको अपरिहार्यता, नवलपरासी बहिला संघकी परियोजना अधिकृत दिपावली शर्माले बहिरा अपाङ्गताको बारेमा जानकारी दिदै बहिरा अपाङ्गता भएका महिलाको अवस्था, अपाङ्गता अधिकार र विकासका लागि क्रियाशिल नेपालकी महिला विभागकी संयोजक प्रतिक्षा चापागाँइले दृष्टिविहिन अपाङ्गता भएका महिलाहरुले भोग्न परेका कठिनाईका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

सो कार्यक्रममा राष्ट्रिय अपाङ्ग महांसंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका महिलाहरुको बैबाहिक सवाल, सम्पत्ती माथीको अधिकार, रोजगारी, विभिन्न हिंसा न्यूनिकरण लगायतका सवालमा सबै सरोकारवाला संघ संस्था मिलेर काम गर्नु पर्ने बताउनु भयो । उक्त २ दिने राष्ट्रिय गोष्ठीमा अपाङ्गता भएका महिलाहरुको स्थानीय तह देखी प्रादेशिक तथा संघीय तहमा सहभागीता हुनु पर्ने, महिला भित्रको ३३ प्रतिशत भित्र अपाङ्गता भएका महिलाका सवाल समावेश गरिनु पर्ने, रोजगारीमा आरक्षण निर्धारण गरिनु पर्ने, आत्मिनर्भरताका लागि स्वरोजगार गराइनु पर्ने, पूर्ण तथा अतिअसक्त अपाङ्गता भएका महिलाहरुलाई आवश्यकता अनुसार डाइफर, क्याथेटर, सेनेटरी प्याड उपलब्ध गराइनु पर्ने लगाएतका सवालहरु समावेश गरी प्रतिनिधि सभा सदस्य दुर्गा बहादुर राउतलाई हस्तान्तरण गरिएको थियो । यो घोषणा पत्र ग्रहण गर्दै उहाँले अब राज्यले नीति नियम निर्माण गर्ने क्रममा अपाङ्गता भएका व्यक्ति तथा महिलाका सवाललाई समावेश गर्न पहल गर्ने र यो छलफलबाट आएका सल्लाह सुझाबलाई सम्बन्धीत निकायमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

Must View