नागरिक पोष्ट News


नेप्सेमा उछाल ! नेप्से १३५८ बिन्दू पार गर्ने: लगानी गर्ने यही हो समय

3.3K

नेप्से परिसूचक एक हजार २ सय ८४.२३ कायम भएको छ । नेप्से परिसूचक केही वर्षअघि

नै १ हजार ८ सय ८१ को विन्दुमा पुगिसकेको    हो । सेयर बजारका विज्ञ अनलराज भट्टराईले सरकारी नीतिका

कारण बजारलाई प्रभाव पार्ने भन्दै अर्थमन्त्री सकारात्मक हुँदा बजारमा सुधार आएको बताए ।

काठमाडौं, चार महिनापछि अघिल्लो साता १२०० अंकको थ्रेसहोल्ड नाघेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक मा सुधार देखिएको छ । १२७२ अंकबाट कारोबार शुरु भएको नेप्सेमा मंगलबार पनि अधिकांश उपसमूहका परिसूचकमा सुधार देखिएको छ । खासगरी बैंक तथा वित्तिय संस्थाहरुमा तरलता ९लगानी योग्य रकम० उल्लेख्य भएपछि सेयर बजारमा क्रमशः लगानी बढ्न थालेको छ ।

दैनिक करिब एक अर्ब रुपैयाँको कारोबार हुन थालेको छ । सेयर बजारमा आएको सुधारले यो साता नेप्से परिसूचक १३०० अंकको थ्रेसहोल्ड पार गर्ने देखिन्छ । बैंक तथा वित्तिय संस्थाबाट ऋण प्राप्त गर्न थालेपछि लगानीकर्ताले सेयरमा लगानी गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिका घर कर्जा र सवारी कर्जामा कसिलो नीति लिएपछि त्यसको प्रभाव पुँजी बजारमा देखिएको छ ।

सेयर बजार अब तल नझर्ने  शेयर विश्लेषकहरु बताउँछन् ।  शेयर बजार बढ्छ, लगानी गर्ने समय यही हो, नेप्से  १३ सय भन्दा माथि नै  रहन्छ ।’ शेयर बजारका विज्ञहरु यसै भनिरहेका छन् । तर पनि सोचेर मात्र लगानी गर्नुपर्ने हुन्छ । हरियाली छाएको बजार कतिखेर ब्रेक लाग्छ थाहा हुदैन । 

Must View