नागरिक पोष्ट News


गोरु जुधाईको रौनक हेर्नुहोस् नुवाकोटमा, एक हल गोरु लगातार साँढे २ घण्टा लगातार जुध्यो

3K

शिवपुरी २ ओटा गोरु लगातार २ घण्टा २३ मिनेट जुध्यो तथा ४ हल गोरु जुधाईयो।

  • - हरि भेटुवाल

शिवपुरी नुवाकोट जिल्ला क‍ो पुर्वि भेगमा अबस्थित शिवपुरी गाउँपालिका को शेराबगरमा गोरु जुधाउने कार्यक्रम सम्पन्न भएको छ। उक्त गोरु जुधाईमा एक हल गोरु मोहन थापा को र राहुल तामाङ को गोरु २ घण्टा २३ मिनेट जुधेर छक्क बनायो । यता मञ्च मा अतिथि प्रमुख अतिथि बोलिरहदा र सागितिक कार्यक्रम चलिरहदा गोरु भने लागातार जुधिरहेको थियो ।गोरु जुधाई कार्यक्रममा ४ हल गोरु सहभागी थिए । गोरु धनी सञ्जय खतिवडा र रमेश लामा को गोरु मैदान मा जुदाउदा बराबरि भयो त्यसतै प्रेम ब तामाङ र गुण ब भण्डारी को गोरु जुधाउदा प्रेम ब तामाङ गोरु जितेको थियो । नरेन्द्र ब गोतामे गोरु र मोहन थापा को गोरु बराबर भएको थियो ।

मोहन थापा र राहुल तामाङ ग‍‍ोरु जुधाउदा २ घण्टा २३ मिनेट जुधेर मोहन थापा गोरु ले जितेको थियोे । प्रथम गोरु धनी मोहन थापा दितिय राहुल तामाङ तेस्रो प्रेम ब तामाङ र सान्त्वना गुण ब भण्डारी रहेका थिए। उक्त ग‍ोरु जुधाई प्रतियोगितामा भाग लिने प्रथम गोरु धनी मोहन थापाले रु १५०५० दितिय गोरु धनी राहुल तामाङ रु १००५० तेस्रो गोरु धनी प्रेम ब तामाङले रु ५०५० र सान्त्वना गुण ब भण्डारीले रु ३००० आयोजक सस्था शेराबगर बिकास समाजका अध्यक्ष अभियान आचार्य र शिवपुरी वडा न ५का अध्यक्ष सिताराम थापाले नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरेका थिए ।गोरु जुधाई कार्यक्रममा प्रमुख अतिथि शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापा रहनु भएको थियो ।

उहाँ ले कार्यक्रम लाई सम्बोधन गर्नुहुदै यस्ता कार्यक्रम ले शिवपुरी मा पर्यटन विकास र नेपाल भ्रमण वर्ष सफल पार्न टेवा पुग्ने बताउनु भयो । विशेष अतिथि गाउँपालिका को उपाध्यक्ष मञ्जु केसी ले गोरु जुधाईने कार्यक्रम परम्परागत रुपमा नुवाकोट मा हुदै आएको र अहिले नुवाकोट का विभिन्न स्थानमा फैलिएको र यस्तो कार्यक्रम को महत्त्व हुदै गएको र यसले शिवपुरी मा आयोजना हुनुले पर्यटन प्रवदन गन राम्रो हुने बताउनु भयो ।

विशेष अतिथि नेकपा शिवपुरी का नेता तथा समाजसेवी पदम उप्रेतीले यस्ता चाडपर्व मा आयोजना गर्ने कार्यक्रम ले शिवपुरी को समृद्ध विकास मा टेवा पुग्ने र यस स्थान को प्रचार भई पर्यटन प्रवदन गर्न सहज हुने सामाजिक सस्थाले यस्ता थुप्रै काम गर्ने सकने बताउनु भयो ।उक्त कार्यक्रममा नेकपा शिवपुरी पाटि कमिटीले यश कार्यक्रम लाई रु २० हजार सहयोग रकम नेकपा नेता उज्वल खड्काले पाटिका तर्फबाट प्रदान गरेका थिए।र कार्यक्रम मा विभिन्न सघ सगठन गैरसरकारी सस्था व्यक्ति जनप्रतिनिधि समाजसेवि ब्याबसायिले सहयोग गरेको थिए। कार्यक्रममा गायक मिलन श्रेष्ठ गायिका रितु खतिवडा टोलिले गित गाएर मन‍ोरञ्जन दिएका थिय। ग‍ोरु जुधाई हेर्ने शिवपुरी काठमाडौ र गाउँ गाउँ बाट गाडी रिजभ गयर मानिसहरु हेन आएको आएको थिए । कार्यक्रम शेराबगर विकास समाज का अध्यक्ष अभियान आचार्य को सभापतिमा भएको थियो ।

Must View