नागरिक पोष्ट News


कृष्ण कंडेलको संघर्ष : संस्कृती सभ्यताको जननी हो, इन्द्रेणी कार्यक्रम

4K
  • दिपक के.सी.

समाजमा लागेको कालो पर्दालाई हटाउनका निमित्त बिश्वमा चर्चित कार्यक्रम एबिसी इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलले अतुलनिय भुमिका निभाउनु भएको छ । उज्यालो नेपाल समृद्धीका लागी साँकृतिक अभियानका साथ अघि बढेको लोकप्रिय कार्यक्रम एबिसी इन्द्रणीे पुराना सर्जकको सम्मान र नँया प्रतिभाको खोजिमा अघि बढेको छ । संस्कृती सभ्यताको जननी हो भन्ने मुल नाराको साथ अघि बढेको एबिसी इन्दे्रणीले पनि लोक सँस्कृतीको माध्यमबाट देशको संस्कृती र सभ्यतालाइ बचाइराखेको कुरा बिश्वभरी अवगत नै छ ।

प्रशिद्ध कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलले सो कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ । बिगत दश बर्ष देखी सञ्चालन हुँदै आएको सो कार्यक्रको माध्यम बाट दुखि गरीब तथा रोगले पिल्सीएका जनताले साहारा पाउँदै आएका छन् ।

इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल दुरदराज बस्ती बस्तीमा लुकेर रहेका ति चपेटामा परेका आवाजलाई बुलन्ध पारेर न्याय दिने काम गर्नुभएको छ । समाजमा हुने संस्कार,संस्कृति बिरोधि आवाको बिरुद्धमा आवाज उठाउने त्यस्ता प्रकारका खराख तत्वहरुलाई जरैबाट उन्मुलन गर्नुमा उहाँको निकै ठुलो भुमिका भएको पाइन्छ । समाज रुपान्तरण भन्नाले समाजमा रहेका खराब तत्वहरुलाइ उन्मुलन गर्नु नै समाज रुपान्तरण हो । कृष्ण कंडेल कलाकार मात्र नभई समाजिक व्याक्तीत्व पनि हुनुहुन्छ । उहाँले नपालमा भैपरी आउने दैबिक प्रकोपमा परेका नागरिकको उद्धार गर्दै आउनुभएको छ ।

उहाँ आगलागी भएका बस्तीमा गएर राहत प्रदान गरेका जोलन्त उदाहरण छन् । बाढी पहिरोले उठिबास गरायका नाना,माना, छानाको खोजिमा छटपटायका दुखि गरीबको बस्तीमा पुगेर सहयोग गरेको यस्लाई पनि महान कार्यको रुपमा लिने गरीन्छ ।

जहाँ राज्य पनि अहिले सम्म पनि पुग्न सकेको छैन जहाँ कृष्ण कंडेल पुग्नुभएको छ । अशिक्षामा रुमालियका भाइबहिनी लाई इन्द्रेणीले सहयोग गर्दै आएको छ । यसरी हेर्दा बिश्व प्रशिद्ध कार्यक्रम इन्द्रेणीले सामाजिक रुपान्तरणमा सरकार पक्षलाई चुनौति दिएको पाइन्छ । त्यसकारण समाज रुपान्तरणमा कृष्ण कंडेलको अतुलनीय भुमिका रहेको पाइन्छ ।

चौतारी मेडिया ग्रुप

Must View