नागरिक पोष्ट News


जिउँदो मान्छेमाथि टिपर कुदाउने आँट कहाँबाट आयो ? दिलीप महतोको न्यायका लागि सक्दो शेयर गरौं !

4.2K

भरतराज   Ict Journalist (Man)

Cover Photo : Birendra Singh

सत्य बोल्दा ज्यानै जान्छ । मान्छे पैसाको लागि यति क्रुर बन्दैछ, उसले धनको लोभमा कसैलाई गन्दैन अनि शक्तिको आडमा अपराध शैली चलाइरहन्छ । यसको ज्वलन्त उदाहरण भएको छ, धनुषाको मिथिला नगरपालिका– ५, श्रीनगरका दिलीप महतोको टिपर हत्याकाण्ड ।  अवैध क्रसर उत्खननको विरोध गरेको निहुँमा २४ वर्षीय दिलीपको विभत्स हत्या भयो । फलामको रडले घोचेर घाइते बनाएपछि खोलामा सुताएर टिपर चढाएर भएको हत्याकाण्डको जति घोर भत्र्सना र निन्दा गरे पनि साध्य छैन । पैसा, पहुँच र राजनीतिक शक्तिको आडमा देशमा मौलाउँदो दण्डहीनता कहिलेसम्म ? आम नागरिकको मन मनको प्रश्न उठेको छ । अब हामी कति सुरक्षित छौं भन्ने कुरालाई पनि यस घटनाले गम्भीरतापूर्व सोच्न बाध्य बनाएको छ, सर्वसाधारण नागरिकलाई । अपराध गर्नेहरूको मनोवल बढेको छ ।

प्रदेश २ का मु्ख्यमन्त्री लालबाबु राउतले प्रहरी प्रशासन माफियासँग मिलेको / त्यही कारण जनता मरिरहँदा पनि प्रदेश सरकार मुकदर्शक बन्न बाध्य भएको आरोप लगाएका छन् ।

राष्ट्रियसभाकी सांसद् कोमल वलीले आइतबारको बैठकमा कारवाही हुन्छ भन्ने डर हराउँदा आपराधीक मनोवृत्ति बढेको बताएकी छिन् । इन्जिनियरिङका विद्यार्थी दिलीप महतोको सवारी दुर्घटनामा मृत्यु भएको होइन, उनलाई समातेर, घाईते पारेर टिपरले किचेर मारिएको हो । आरोपितलाई सार्वजनिक गर्ने क्रममा आएको प्रहरीको भनाईले पनि त्यही पुष्टि गरेको छ ।

आपराधिक मनोवृत्ति भएका व्यक्तिहरुले मान्छेहरु किरा फट्याङ्ग्रा जसरी मार्दै खुलेआम हिड्न थालेका छन् । केही महिनाअघि बैतडीको दशरथचन्द नगरपालिका– ९ कि गौरी जोशीलाई निर्जीव वस्तुलाई जस्तो डोजरको बकेटले उचालेर हुत्याइदिएको थियो । 

यस्तो अपराधमा जन्मकैदको सजाय हुने कानूनी प्रावधान छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ मा भनिएको छ, ‘कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप एक्काईस दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ । हेर्दा सामान्य लाग्ने यस्ता घटनाले  देशमा कानूनी राज्य र सत्यको पक्षमा बोल्ने दिलीप महतोहरूको ज्यान गएको गयै छ । अब हामी सचेत नागरिक सबै एकजुट भएर बोल्नैपर्दछ, चुप लागेर र एकल स्वरमा बस्नुहुदैन, संगठित भएर पैसा र शक्ति पहुँचको भरमा अपराध गर्नेहरुको बिरुद्ध आवाज बुलन्त पार्नेपर्दछ होइन भने जुनसुकै बेला दिलीपकै अबस्थामा कहाँ को कति खेर पर्न सक्छ । ठेगान छैन, उठौ जुटौं संगठित भएर यस्ता अपराधीलाई सर्वश्वसहित जन्मकैदको कानूनी कठघरामा पु्र्याउन अभियानको रुपमा आजैबाट आवाज बुलन्द पारौं ।

Photo : Facebook page/ Power Shift Nepal

Must View