नागरिक पोष्ट News


गायक निशान भट्टराइको सवारी दुर्घटनामा निधन

2.2K

गायक निशान भट्टराइको मंगलबार बिहानै सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गस्थित वान थाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुती सिध्याएर घर फर्किने क्रममा गायक भट्टराइको तीनकुनेमा सवारी दुर्घटना भएको हो ।उनी गायिका लोचन भट्टराइका भाइ हुन् । मंगलबार बिहान पौने १ देखि १ बजेको बीचमा उनले चलाएको कार तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जानकारी दिए ।गम्भीर अवस्थामा उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको र बिहान ४ः ४५ मा उपचारको क्रममा उनको निधन भएको प्रहरीले रातोपाटीलाई जानकारी दिएका छन् ।

उनको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ । वरिष्ठ संगीतकार मिलन मोक्तानका अनुसार उनको पशुपती आर्यघाटमा आजै दिउँसो १ बजे अन्त्येष्टि गरिँदैछ । गजल गायकीका कारण निकै चर्चित भट्टराइ स्टेजलगायत पाँचतारे होटल तथा रेष्टुरेन्टमा हिन्दी, नेपाली गीत तथा गजल गाउँदै आइरहेका थिए । उनी दरबारमार्गस्थित बानथाई रेष्टुरेन्टका सञ्चालकसमेत हुन् ।

Must View