विष्णुमाया पौडेल घामछायाँका संवाददाता उमेश थपलिया सङ्ग कुराकानी गर्दै
पीडादायी क्षणहरू र संघर्षमय जीवन जिउदै आफ्नो नाम अगाडि बढाएकी मधुर आवाजकी धनी साथै कुशल उद्घघोषिका हुन् विष्णुमाया पौडेल । चितवनको माडीमा मनहरी पौडेल र तेजकुमारी पौडेलको कान्छी छोरीका रूपमा जन्मेकी उनिले नेपाली लोकदोहोरीमा आफ्नो पाइला चलाएका थिए।
हजारौं काँडाहरुको बिचमा फूल फुलेजस्तो गरी उनका पाइला पनि अघि बढेका हुन् । यसैक्रममा कहिले आफ्नैबाट बाधा पुग्यो त कहिले साथि भाइबाट । उनका जीवनमा पनि धेरै आएका थिए, गायनमा भविष्य छैन् भन्नेहरू । तर उनी अरूको कुरा नसुनि आफ्नो पाइला निरन्तर चाली रहिन् । औपचारिक संगीत उत्पादन तिमी नै हौ देउता नामक गीतबाट सुरु भए पनि लोक संगीतमो मोह भने विष्णुमायामा सार्न उमेर देखिनै थियो । उनी घाँस दाउरा गरिरहेको बेला गायनको अभ्यास गरिरहन्थिन् । त्यही अभ्यासलाई साधना बनाउँदै आजसम्म आइपुग्दा लोक संगीत क्षेत्रमा एक चर्चित पात्रको परिचय उनलाई मिल्न पुगेको छ । संगीतकर्ममा व्यस्त रहेकै बेला मुस्किलले समय निकालेर घामछायाँ संवाददाता उमेश थपलिया सङ्ग कुराकानी गर्दै यसो भनिन् ।
कति वर्ष अगाडि देखि गायनमा क्षेत्रमा पाइला चाल्नु भएको हो ?
यति नै वर्ष भन्ने ठीक अन्दाज गर्न सकिदैन तर म सानै् देखि लोक दोहोरी गीतहरू सुन्थे र अरूका गीतहरू गुनगुनाउथे आफै लेख्थेँ पनि चितवन जिल्लाको विभिन्न कार्यक्रमहरूमा पनि हभागीता जनाउथे र आफैले लेखेर सहभागीता हुँदा हुँदै यो गायन तर्फ म आकर्षित भएँ । त्यसरी सहभागी हुने क्रममा नै मैले पहिलो पाइला कहिले चालेँ भन्ने आफैलाई थाहा भएन ।
पहिलो पटक कार्यक्रममा गाउँदा कति वर्षको हुनुहुन्थ्यो ? ति कार्यक्रममा तपाई सहभागिताका लागि मात्र भाग लिनुहुन्थ्यो की प्रतिस्पर्धाका लागि पनि ?
म प्रतियोगितात्मक तरिका जान्थे । मलाई कार्यक्रममा सहभागी भएर गीत गाउन भन्दा प्रतियोगितात्मक तरिकाले अगाडि जान मन लाग्थ्यो त्यसैले गर्दा नि म प्रतियोगितात्मक तरिकाले जादा रमाइलो लाग्थ्यो । सहभागी हुदा म पहिलो दोस्रो चाहि हुन्थे हार्न कहिले जानिन । गायनमा लाग्दा मैले गायको गीत सुनी निर्णायकहरूले मेरो गीतप्रति प्रशंसा पनि गरिदिनुहुन्थ्यो ।
कस्तो थियो तपाईंको बाल्यकाल ? कत्तिको सम्झना गर्नुहुन्छ ?
म सानो उमेरमा नै गीत सुन्न गाउन रुचि राख्थे आफुभन्दा ठुला अग्रजहरूको गित सुनेर आफै गाउने गर्थे । घाँस दाउरा गोठालो जान्थे गितहरू गुनगुनाउथे , साथिभाई सङ गित गाउने नाच्ने गरिन्थ्यो । विद्यालयका शिक्षकहरूलाई गीत सुनाउथे र उनीहरुबाट राम्रो प्रतिक्रिया पाउथे र झन झन सुनाउने इच्छा जागर बढ्थ्यो र सुनाएर खुसी हुन्थे ।
तपाई यहाँसम्म आइपुग्दा सामना गर्नुपरेका चुनौतीहरुलाई कसरी पार लगाउनु भयो ?
सफल हुन चुनौती त सबैको जिवनमा आउँछ तर त्यो चुनौतीले एउटा सफलताको नयाँ पथ देखाउछ । मलाई पनि त्यस्ता चुनौतिहरु आएका थिए। विष्णुमाया गीत नगाऊ, यसमा नलाग, संगीतको कुनै भविष्य छैन । तिमिले गाएर के गर्छौ भन्नेहरु पनि आए तर म निडर लगनशील भएर लागि रहेँ । सुरुमा गीत रेकर्ड गराउँदा पनि चुनौती आएका थिए । लय के हो ? कुन गीत गाउँदा दर्शकले मन पराउछन ? त्यो थाहा थिएन त्यै पनि पहिलो गित गाए अनि गल्तिहरू औलिए त्यस गल्तिलाई सधार्दै यहाँ सम्म आएको छु।
तपाईं गायन सङ्गै कार्यक्रम संचालिका पनि हुनुहुन्छ रु के देख्नु भयो नि कार्यक्रम संचालनमा ?
आफुले जे काम गरिन्छ त्यो काम प्यारो हुन्छ । म पनि आफ्नो कामलाई निकै माया गर्छु , म गीत गाउछु यो गीत गाउने क्रममा मैले गित सङ्गै कार्यक्रम पनि चलाउन सके भनी अझै दर्शक श्रोताको माया पाउछु जस्तो अनुभव भयो त्यसैले मैले अगाले यसलाइ म यो कार्यक्रम चलाउन पाउँदा आफुमा खुसी महसुस गर्छु जसले मलाई सबको मायामा रम्न पाकि छु ।
दुवै कामका लागि कसरी समय मिलाउनु हुन्छ ?
म गित गाउछु गीत र गीतसँग कार्यक्रम चलाउन सके भने अझै राम्रो हुन्छ । म कार्यक्रम पनि चलाउछु र त्यही कार्यक्रममा आफ्नो गीतहरु पनि गाउछु । कुनै कुनै बेला कार्यक्रम चलाउनु पर्दैन त्यो नचलाउने बेला चाहिँ म विभिन्न कार्यक्रमहरूमा गएर गीत गाउने गर्छु । गीतसँग कार्यक्रम चलाउदा झन उत्कृष्ट भएको अनुभव भयो अनि मैले कार्यक्रमसङ्गै गीत गाउन सुरु गरेकी हुुँ ।