नागरिक पोष्ट News


वरिष्ठ सरोद बादक सुदर्शन राजोपाध्ययलाई माघ ७ भारतमा सम्मान गरिने

3.4K

संगीत क्षेत्रमा ख्याती कमाउनु भएका ललितपुर निवासी– वरिष्ठ सरोद वादक सुदर्शन राजोपाध्यलाई भारतमा सम्मान गरिने भएको छ । विगत लामो समयदेखि संगीत क्षेत्रमा रहेर नेपाल तथा भारतमा समेत ख्याती कमाउनु भएका राजोपाध्यलाई भारतको राजस्थानमा यहि २०७६ माघ ७ (२१ जनवरी २०२०) मा सम्मान गरिने भएको छ ।

एन आर ब फाउण्डेशन एवं भब्या इन्टरनेशनलले अन्तराष्ट्रिय मैत्री सम्मेलनको अबसरमा भारतको राजस्थानमा हुने समारोहमा राजोपाध्य सम्मानित् हुन लाग्नु भएको हो । राजोपाध्यले संगीत क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उक्त सम्मान गर्न लागेको बताईएको छ ।

Must View