चिसोबाट कसरी बच्ने ? जाडो मौसममा रुघा लाग्ने, छाती दुख्ने, बालबालिकामा निमोनिया हुने
पुष महिना चिसोको मौसम । यो बेला आफ्नो स्वास्थ्यको ख्याल राख्न सकिएन भने विभिन्न समस्या झेल्नुपर्ने हुन सक्छ । त्यसैले बेलैमा सचेत हुन आवश्यक छ । यस्तो मौसममा महिला, बालबालिका र जेष्ठ नागरिक अझ सचेत हुनु पर्दछ । यो मौसममा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, दम, श्वासप्रश्वास, पिनास, निमोनियाका बिरामी बढ्ने गर्दछन् ।
जाडोको मौसममा चिसोका एलर्जी, चिसोमा हुने पखाला,छाला फुट्ने, शरीर चिलाउने, अनुहारमा विभिन्न किसिमका दागहरु आउने, ब्रोङ्काइटिस जस्ता समस्याहरु देखिन सक्छ । जाडोमा मुटु, जोर्नी, श्वासप्रश्वास, दमका पुराना विरामी, कुपोषित बालबालिका, सुत्केरी तथा गर्भवती महिलालाई बढी आक्रमण गर्ने भएकोले यस्ता व्यक्तिहरु बढि जोखिममा समेत पर्दछन् । साथै तराईतिर शितलहर हुँदा मुटु र मस्तिष्कमा असर पुग्ने र हृदयाघात हुने, कोलेस्ट्रोल बढाउने जस्ता समस्याहरु बढाउने गर्छ । जाडोको समयमा आफ्नो स्वास्थ्यप्रति सचेत भइएन भने स्वास्थ्यमा समस्या मात्रै देखिदैन मानिसको ज्यानै जान पनि सक्छ ।
जाडो मौसममा रुघा लाग्ने, छाती दुख्ने, बालबालिकामा निमोनिया हुने र सुत्केरी महिला तथा जेष्ठ नागरिकहरुमा विभिन्न्न समस्या देखिन्छ । जाडोको समयमा हातखुट्टा फुस्रो हुन्छ । त्यसैले छालाईलाई फुट्नबाट जोगाउन राती सुत्नु अघि तोरीको तेलले मालिस गर्नु पर्दछ । जाडोको समयमा चिसोबाट बच्न आगो ताप्ने चलन पनि रहेको छ । आगो ताप्दा विषेश त शहरबजारतिर प्लास्टिकको झोलाहरु पनि बालेर आगो ताप्ने गरिन्छ । यसरी आगो ताप्दा हातखुट्टा, अनुहार सुख्खा भएर फुट्ने र स्वास्थ्यमा अन्य असर गर्ने, प्लास्टिकमा हुने टक्सिन नामक रसायनको कारण स्वास्थ्यमा असर पर्छ । त्यसैले प्लास्टिकको प्रयोग गरेर आगो ताप्न हुदैन ।
यसले वातावरण प्रदुषण समेत गर्दछ । भ्यालढोका बन्द गरेर पनि कोठा भित्र आगो बाल्नु हुदैन । चिसोबाट बच्न न्यानो कपडा नै उत्तम हुन्छ । चिसोबाट बच्न यी कुरामा ध्यान दिनुहोस् चिसोमा सुरक्षित तरिकाले नाँक र मुखमा मास्क लगाएर हिँड्ने, झ्याल, ढोका पूरा बन्द गरेर नसुत्ने, बन्द कोठाभित्र हिटर बालेर नबस्ने आदि सजगता अपनाउनुपर्छ । अत्यधिक चिसोबाट बँच्न न्यानो कपडा लगाउनुपर्छ । कोठा बन्द गरेर हिटर बाल्ने, कोइला बाल्ने जस्ता काम गर्नु हुँदैन । झोलिलो र पोशिलो खानेकुरा खानुपर्छ । तोरीको तेल जिउँमा लगाउने, फलफूल, तातो पानी खानुपर्छ । चिसो लाग्न नदिन अदुवा र मरिच हालेर पानी तताएर पिउन पनि सकिन्छ । टाउको र हातखुट्टालाई तातो पार्नुपर्छ । चिसो लाग्न नदिन अदुवा र विरे नुन हालेर पानी उमालेर पिउने, वारम्वार तातो पानी पिउने आदि गर्नु पर्दछ, यति गर्दा पनि शरीरमा कुनै समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मी कहाँ गई चेकजाँच गराइ हाल्नु पर्छ ।
-nabanaribata