नागरिक पोष्ट News


विहिबार नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार

2.1K

काठमाडौं, २४ पुस । आज साताबो अन्तिम  दिन बिहीबार ९आज० नेप्से परिसूचक वृद्धि भएसँगै कारोबार रकममा पनि सुधार आएको छ । बुधबारको कारोबार रकम  ७३ करोड २१ लाख रुपैयाँ कारोबारहुदा आज भने ९ करोड रुपैयाँ वृद्धि भएको हो ।

आज एक सय ७७ कम्पनीको ३८ लाख ८ हजार ७ सय ८५ कित्ता सेयर ८२ करोड ३४ लाख रुपैयाँमा खरिद–विक्री भएको छ भने  नेप्से परिसूचक ३।५१ अंकले वृद्धि भई १२१३।११ विन्दुमा रोकिएको छ । सबैभन्दा बढी सेयर कारोबार सिभिल बैंक लिमिटेड प्रोमोटर सेयरको र गरिमा विकास लघुवित्त वित्तीय संस्थाको भएको छ । सिभिल बैंक लिमिटेड प्रोमोटर सेयरको २० करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोेबार भएको छ भने गरिमा विकास लघुवित्तको २ करोड ३६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

कारोबारमा आएका १२ समूहमध्ये ५ समूहको परिसूचकमा वृद्धि भएको छ भने बाँकी ७ समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी परिसूचक वृद्धि हुनेमा माइक्रोफाईनान्स समूह ३।४९ प्रतिशत रहेको छ । त्यस्तै आज सबैभन्दा बढी उत्पादन समूहको ०।४४ प्रतिशतले परिसूचकमा गिरावट आएको छ ।

Must View