नागरिक पोष्ट News


वर्षकै पबित्र दिनमा श्री स्वस्थानी व्रत शुरु,कथा भने/सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास

3.4K

यस वर्ष 2076 को स्वस्थानि व्रत पुष २५ गते सुरु हुदै छ । व्रत लिने हरुका लागि पनि पुष २४ गतेबाट अस्त भएका देब गुरु बृहस्पति उदय भएकाले पनि व्रत आरम्भ गर्ने कुनै समस्या नरहने ज्याेतिषी हरुले जानकारी गराएका छन । पाैष शुक्ल पक्ष देखि माघ शुक्ल पक्षसम्म एक महिना सम्म लिने पवित्र व्रत हाे ।

हिमालयकी पुत्री पार्वतीले महादेव स्वमी पाउ भनी वाग्मतीको किनारमा बालुवाकाे शिवलिङ्ग बनाई श्री स्वस्थानीकाे व्रत बसेर मनाेकाङ्क्षा पूरा भएपछि उहाकै आज्ञाअनुसार लाेककल्याणका लागि पृथ्वीमा बसाेवास गर्ने हरुकाे सुख, शान्ति एैश्वय प्राप्त हाेस कसैले दुख कष्ट भाेग्न नपराेस भनेर प्रारम्भ भएकमे विभिन्न पुराण हरुमा उल्लेख गरिएको छ ।

स्वस्थानीकाे व्रतकाे सुरुवात भगवान् विष्णुकाे सल्लाहमा पहिलाे पटक पार्वतीले गर्नु भएकाे हाे । महादेवकि पत्नी सतीदेवीले आफ्ना बाबुले गरेकाे यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालयर मेनकाकी छाेरी पार्वतीका रुपमा उनकाे जन्म भएकाे हाे । आसल सन्तान र सुख सम्पत्तिको तथा मनले चाहेअनुसार बिबाहकाे कामना सहित गरिने व्रत हाे । बिधि पुर्वक बिहान र बेलुका स्वस्थानीकाे कथा पारायण गर्नु पर्ने छ ।

स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थहरु नेपालमै छन र विशेषगरी काठमाडौंभित्र रहेका छन । कथाका विभिन्न प्रसङ्गमा आएका गुह्येव्वरी, गाेकर्ण, श्लेष्मान्तक वन, किरातेश्वर, गाैरीघाट, वाग्मती तथा शालीनदी जस्ता क्षेत्रकाे विशेष वर्णन गरिएकाे छ । स्वस्थानीमा वर्णन गरिएकाे लावण्य देश अर्थात शालीनदीमा एक महिना सम्म मेला गाग्ने गरेकाे छ । मुलुक भर शिवकाे मन्दिरमा पुजा तथा स्वस्थानीकाे पाठ सुन्ने प्रचलन रहिआएको छ ।

यस्तो छ स्वस्थानीको महिमा

राजधानीबाट उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर नगरपालिकाको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ । राजधानी तथा विभिन्न जिल्लाबाट आउने तीर्थयात्री मणिशैल किनारमा स्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन् ।

पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ । उसै त कथा, त्यसमाथि देवीदेवताका लीलासँग प्रसङ्ग जोडिएको विषय भएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गर्नुभएको कथाका रूपमा यो नेपाली समाजमा प्रचलित छ ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा एक महिनासम्म विभिन्न जिल्लाबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ । एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ ।

शालीनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्णमिादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनामात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन रहेको स्थानीय पवन श्रेष्ठले बताउनुभयो । स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ ।

Must View