छैटौं नुवाकोट महोत्सव माघ १६ देखि २६ सम्म हुँदै
1.8K
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र नुवाकोटको उद्योग÷व्यवसायको प्रवद्र्धनका लायि मेला हुन लागेको हो ।
नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघले आगामी माघ १६ देखि २६ गतेसम्म गर्ने भनिएको छैठौ नुवाकोट महोत्सवको तयारी तिव्र पारिएको छ ।
भ्रमण वर्षलाई लक्षित गर्दे गर्न लागिएको महोत्सवलाई विगतका वर्षहरुभन्दा पृथक बनाउन लागिपरेको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले जानकारी दिए । महोत्सवको लागि अहिले विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको अध्यक्ष कार्कीले बताए ।
महोत्सवमा स्थानिय कला, संस्कृति तथा भेषभुषाको प्रचारप्रसार र स्थानिय पहिचानलाई प्रर्वदन गर्ने बताइएको छ । महोत्सवमा नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिकालाई २०÷२० स्टल लिइने छ भने गाउँपालिकालाई ५÷५ स्टल उपलब्ध गराइने नुवाकोट उद्योग वाणिन्य संघले जनाएको छ । महोत्सव विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको वालुवाटारमा गर्ने बताइएको छ ।